काठमाडौँ । रौतहटको गौर क्षेत्रमा उत्पन्न तनावपछि प्रशासनले कर्फ्यू जारी राखेको छ । फागुन ७ गतेदेखि बिग्रिएको अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ ।
दुई समुदायबीचको सामान्य विवाद केही दिनमै साम्प्रदायिक झडपमा परिणत भएपछि तोडफोड, आगजनी र ढुंगा हानाहानका घटना भएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गरेको हो ।
आइतबार बिहान केही समयका लागि कर्फ्यू खुकुलो बनाइएको थियो । सो अवधिमा सर्वसाधारण दैनिक उपभोग्य सामग्री खरिदका लागि घरबाट बाहिर निस्किएका थिए । बिहान ८ः३० बजेदेखि पुनः कडाइका साथ कर्फ्यू लागू गरिएको प्रशासनले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा २० जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनमत पार्टीका नेता शेख जमशेद पनि रहेका छन् । क्षेत्रमा अहिले सुरक्षा निकायको निगरानी बढाइएको छ ।





























प्रतिक्रिया