काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले फागुन ३ गते राति साँढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । "/>

प्रधानमन्त्री ओलीलाई बधाई दिन मध्यरातमा आयो मोदीको टेलिफोन

प्रधानमन्त्री ओलीलाई बधाई दिन मध्यरातमा आयो मोदीको टेलिफोन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले फागुन ३ गते राति साँढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । टेलिफोन संवादमा महामहिम मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् ।

यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता मोदीले व्यक्त गरेको ओलीको सचिवालयले जानकारी दिएको छ । टेलिफोन संवादमा प्रधामन्त्री ओलीले मोदीलाई आफूलाई बधाई तथा शुभकामना व्यक्त गरेकोमा धन्यवाद दिएका छन् । यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा पनि मोदीलाई प्रष्ट पारेका छन् ।

बिहीबार साँझ नै मोदीले भारतीय राजदुत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई एक शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायीत्व पाउने आशा व्यक्त गरेका छन् । उक्त पत्रमा ओली नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गरिएको छ ।
अन्नपूर्णबाट

Logo