काठमाडौं। होली पर्व नजिकिएसँगै यात्रु तथा ढुवानी सवारीको चाप बढ्ने समयलाई ध्यानमा राख्दै टाटा कमर्सियल गाडीका लागि विशेष ‘होली सर्भिस क्याम्प’ सुरु गरिएको छ। नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजदेखि फागुन १५ गतेसम्म देशभर यो क्याम्प सञ्चालन गर्ने जनाएको छ।
चाडपर्वका बेला सवारी साधन सुरक्षित र राम्रो अवस्थामा रहे मात्र यात्रा तथा व्यवसाय सहज हुने भएकाले क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ। क्याम्प सिप्रदीका देशभर रहेका २० वटा सर्भिस सेन्टरमा एकैपटक सञ्चालन भइरहेको छ।
क्याम्पमा सहभागी गाडीको १० मुख्य बिन्दुमा प्राविधिक जाँच गरिने व्यवस्था छ। जसअन्तर्गत ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिनको अवस्था र लुब्रिकेसन, टायर तथा ह्विल सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेयरिङ र सस्पेन्सन, क्लच र ट्रान्समिसन, क्याविन सेफ्टी, च्यासिस तथा अन्डरबडी र इमरजेन्सी सेफ्टी जाँच समावेश छन्। जाँचबाट गाडीको समग्र अवस्था पत्ता लाग्नेछ।
मर्मत आवश्यक परेमा टाटा जेन्युइन पार्ट्समा १५ देखि २० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा २२ प्रतिशत छुट र लेबर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। सर्भिस प्याकेजमा दर्ता भएमा यस्तै सुविधा एक वर्षसम्म पाउने व्यवस्था गरिएको छ।
प्रि–सर्भिस बुकिङ गरेर वर्कशप पुग्ने ग्राहकहरूमध्ये तीन जनालाई स्मार्टफोन उपहार दिने योजना पनि राखिएको छ।
क्याम्प अवधिमा दुई हजारभन्दा बढी गाडीको प्राविधिक जाँच गर्ने लक्ष्य कम्पनीले राखेको छ।





























प्रतिक्रिया