काठमाडौं। मिसेस नेपाल वल्र्ड २०२५ की विजेता रक्षा पन्तलाई एक इलेक्ट्रिक स्कुटर प्रदान गरिएको छ । तपाइको बजारको प्रायोजनमा काठमाडौंको पानीपोखरीस्थित शोरुम परिसरमा आयोजित कार्यक्रममा स्कुटर हस्तान्तरण गरिएको हो। कार्यक्रमको आयोजना रिबन इन्टरटेनमेन्टले गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ उपस्थित थिए। साथै वरिष्ठ कलाकार सरोज खनाल, धिरेन शाक्य, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, बैंकिङ क्षेत्रका प्रतिनिधि, अटो व्यवसायी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
मदनकृष्ण श्रेष्ठ, तपाइको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौला र प्रमुख कार्यकारी अधिकृत माया लामाको उपस्थितिमा विजेता पन्तलाई स्कुटरको साँचो प्रदान गरिएको थियो। सो अवसरमा मिसेस नेपाल वल्र्ड २०२५ का अन्य विजेताहरूलाई पनि विभिन्न पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक सुशील संग्रौलाले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई जोडेर प्रतिभालाई सम्मान गर्नु संस्थाको दायित्व भएको उल्लेख गरे। प्रतिभाशाली महिलालाई प्रोत्साहन गर्नु समाजप्रतिको जिम्मेवारी भएको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले विजेताहरूलाई बधाई दिँदै सफल भविष्यको कामना गरेका थिए। महिला सशक्तीकरण र विद्युतीय सवारी प्रवद्र्धनलाई एकसाथ जोड्ने उद्देश्यले गरिएको पहललाई सकारात्मक रूपमा हेरिएको छ।





























प्रतिक्रिया