इन्स्टाग्रामको आधिकारिक रिल्समा सुरक्षा केसी फिचर्ड,ग्लोबल एक्सपोजरसँगै ब्रान्ड भ्यालु उकासियो

इन्स्टाग्रामको आधिकारिक रिल्समा सुरक्षा केसी फिचर्ड,ग्लोबल एक्सपोजरसँगै ब्रान्ड भ्यालु उकासियो

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेपाली मोटोभ्लगर तथा राइडर सुरक्षा केसी अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल इन्स्टाग्रामको आधिकारिक रिल्समा फिचर्ड भएकी छिन्। ६ लाख २ हजारभन्दा बढी फलोअर्स रहेको उनको एकाउन्टलाई इन्स्टाग्रामले आफैं फलो गरेको छ, जसले उनलाई विश्वस्तरको डिजिटल पहिचान दिलाएको छ।

युवापुस्तामाझ लोकप्रिय इन्स्टाग्रामले सम्भवतः पहिलोपटक कुनै नेपाली कन्टेन्ट क्रिएटरलाई आफ्नो अफिसियल रिल्समार्फत प्रस्तुत गरेको हो। बिहीबार बिहान इन्स्टाग्रामले ‘इन द मोमेन्ट’ क्याप्सनसहित सुरक्षा केसीको भिडियो पोस्ट गरेको थियो। भिडियोमा उनले कुर्ता–सुरुवालको पहिरनबाट राइडर गेटअपमा परिवर्तन हुँदै मोटरसाइकल राइड गरेको ट्रान्जिसन दृश्य देखिएकी छन्।

हाल इन्स्टाग्रामको आधिकारिक एकाउन्टमा ६९ करोड ९० लाखभन्दा बढी फलोअर छन्। तर सो एकाउन्टले विश्वभरबाट केवल २०१ एकाउन्टलाई मात्र फलो गरेको छ। उक्त सीमित सूचीमा सुरक्षा केसीको एकाउन्ट पनि समावेश भएको छ, जसले उनको डिजिटल प्रभाव र ब्रान्ड भ्यालुलाई थप उचाइ दिएको छ।

सुरक्षा केसी मोटरसाइकलमार्फत देशका विभिन्न स्थानको भ्रमण गर्दै भिडियो र तस्बिर सार्वजनिक गर्दै आएकी छिन्। राइडसम्बन्धी प्रतियोगितामा पनि उनी सक्रिय छिन्। करिब एक वर्षअघि ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित ‘रेसनारी २०२५’ को राउन्ड १ मा उनी फस्र्ट रनरअप बनेकी थिइन्।

नेपालकै नम्बर वान मोटोभ्लगरको पहिचान बनाएकी सुरक्षाले आफ्ना भ्लगमार्फत राइडर र सामान्य दर्शकलाई यात्रा, सडक अवस्था, गन्तव्य र राइड अनुभवबारे जानकारी दिँदै आएकी छिन्। इन्स्टाग्रामको आधिकारिक रिल्समा स्थान पाउनु उनका लागि मात्र होइन, नेपाली डिजिटल कन्टेन्ट क्रिएसन र मोटर–राइडिङ समुदायका लागि पनि महत्वपूर्ण उपलब्धि मानिएको छ।

Skip This
Skip This
Logo