फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ। सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सबैको विवरण स्वास्थ्य संस्थाबाट उपलब्ध गराउन निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन गठित समन्वय समितिको निर्णयअनुसार फागुन १५ भित्र विवरण उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई भनिएको हो।

यो कार्य फागुन १ देखि १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ। मन्त्रालयले प्राप्त विवरणको आधारमा घाइतेको सूचीकरण र वर्गीकरण गरी अन्तिम नामावली सार्वजनिक गर्नेछ।

अहिलेसम्म २०० जना घाइतेको वर्गीकरण विवरण उपलब्ध भएको छ। डा. बुढाथोकीका अनुसार, धेरै घाइते भए पनि सामान्य घाइतेले सुविधा नपाउने भएकाले सम्पर्कमा नआएको हुनसक्छ।

सरकारले जेनजी प्रदर्शनका क्रममा अतिगम्भीर घाइतेको मासिक रु ९ हजार, गम्भीर घाइतेको मासिक रु ९ हजार र मध्यम घाइतेको मासिक रु ४ हजार सुविधा दिने निर्णय गरेको छ। मन्त्रालयका तथ्याङ्क अनुसार दुई हजार ५९९ जना घाइते भएका थिए।

Skip This
Skip This
Logo