गौरमा कर्फ्यू हट्यो, शान्ति कायम गर्न प्रशासनको अपिल

गौरमा कर्फ्यू हट्यो, शान्ति कायम गर्न प्रशासनको अपिल

केन्द्रबिन्दु
21
Shares

रौतहट। रौतहटको सदरमुकाम गौरमा गत शुक्रबारदेखि लगाइएको कर्फ्यू आज बिहान ६ बजेदेखि हटाइएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कफ्र्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन्।

प्रशासनले कफ्र्यु हटेपछि पनि अवस्था संवेदनशील रहेकाले कुनै पनि धार्मिक, जातीय वा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। विशेषगरी भेला, जुलुस र प्रदर्शन नगर्न प्रशासनले चेतावनी दिएको छ।

प्रजिअ भुसालका अनुसार बिहानपछि क्षेत्रको अवस्थाको निरन्तर अनुगमन गरिनेछ र आवश्यक परे थप निर्णय लिइनेछ।

उता, पछिल्ला चार दिनदेखि दुई समुदायबीच देखिएको तनाव अन्त्य गर्न नागरिक समाज सक्रिय भएको छ। आज बिहान ७ः३० बजे गौर नगरपालिका–सबगढामा दुवै समुदायका अगुवाको सहभागितामा एकता र शान्तिको सन्देश दिने सद्भाव ¥याली निकालिने तयारी गरिएको छ।

स्थानीयवासीले अब शान्ति कायम रहने अपेक्षा गरेका छन्।

Skip This
Skip This
Logo