काठमाडौं
एमाले र माओवादी केन्द्र बीच एकता गर्न बनेको संयोजन समिति बैठक सहमति नजिक पुगेको छ । बुधबार बसेको संयोजन समतिको बैठकमा दुई अध्यक्षले कसले कति सरकारको नेतृत्व गर्ने र कार्यदलका सदस्य चयनका विषयमा सहमति जुट्न बाँकी रहेको छ । "/>

एमाले–माओवादी एकता : ९५ प्रतिशत मिल्यो, ५ प्रतिशत बाँकी

एमाले–माओवादी एकता : ९५ प्रतिशत मिल्यो, ५ प्रतिशत बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
एमाले र माओवादी केन्द्र बीच एकता गर्न बनेको संयोजन समिति बैठक सहमति नजिक पुगेको छ । बुधबार बसेको संयोजन समतिको बैठकमा दुई अध्यक्षले कसले कति सरकारको नेतृत्व गर्ने र कार्यदलका सदस्य चयनका विषयमा सहमति जुट्न बाँकी रहेको छ ।

पार्टी एकता संयोजन समितिको बुधबार ललितपुर मानभवन स्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा बसेको बैठकले सहमतिलाई लिपिबद्ध गर्ने तयारी भए पनि सरकारको नेतृत्व कसले कति गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा लिपिबद्ध हुन सकेन । एकीकृत पार्टीको वैचारिक एवं सैद्धान्तिक र सांगठनिक संरचना सम्बन्धी दुई छुट्टा छुट्टै कार्यदल बनाउने सहमति भएको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

कार्यदलमा को को रहने भन्ने विषयमा नेताहरू बीच सहमति जुट्न सकेन । सहमति हुन बाँकी विषयमा बिहीबार छलफल गरी टुंगोमा पुग्ने सहमति जुटेको छ । ‘पार्टी एकताका विषयमा ९५ प्रतिशत कुरा मिलिसकेको छ,’ उनले भने, ‘बाँकी रहेको ५ प्रतिशत कुरा छलफलको माध्यमबाट टुंग्याउने सहमति भएको छ ।’
राजधानीबाट

Logo