अन्धविश्वासको रुप कति कुरुप छ भन्ने घटनाको विवरण हो । घटना भारतको हो । भारत उत्तरप्रदेशस्थित सहारनपुरको । त्यहाँ एक गर्भवती युवतीलाई वलत्कार गरियो । उनी दुई महिनाको गर्भवती थिइन् ।
झारफुक गर्ने बाहानामा उनीमाथि यस्तो कृत्य भएको हो । ति युवती टाउको दुखेको समस्या लिएर तान्त्रिककहाँ पुगेकी थिइन् । त्यहाँको देवबन्दमा बस्ने बंगाली तान्त्रिकले उनलाई उपचार गर्ने नाममा नशालु पदार्थ ख्वाइदिए ।
उनी बेहोस भइन् । त्यसपछि तान्त्रिकले युवतीको शरीरसँग खेल्न थाले । यसमा उनीमात्र एक्ला थिएनन् । तान्त्रिकका साथीसमेत थिए । दुबै मिलेर बेहोस युवतीमाथि यौनक्रिया गर्न लागे ।
जब युवतीको होस् आयो, आफुलाई बेहाल अवस्थामा छाडेको थाहा पाइन् । त्यसपछि उनले आफ्नो परिवारलाई यस कुराको सूचना दिइन् । परिवारले यो कुरा प्रहरीमा खबर गरे । प्रहरीले आरोपी तान्त्रिकलाई पक्राउ गरेका छन् ।































प्रतिक्रिया