बुटवल
पाँच नम्बर प्रदेशसभाको सभामुखमा पूर्णबहादुर घर्तीको एकल उम्मेदवारी परेकाले निर्विरोध भएका छन् । प्रदेशसभा सचिवालयले घर्तीको एकल उम्मेदवारी परेको जानकारी दिए पनि निर्विरोध भएको घोषणा भने गरेको छैन । "/>

प्रदेश ५ को सभामुखमा घर्ती निर्विरोध

प्रदेश ५ को सभामुखमा घर्ती निर्विरोध

केन्द्रबिन्दु
0
Shares

बुटवल
पाँच नम्बर प्रदेशसभाको सभामुखमा पूर्णबहादुर घर्तीको एकल उम्मेदवारी परेकाले निर्विरोध भएका छन् । प्रदेशसभा सचिवालयले घर्तीको एकल उम्मेदवारी परेको जानकारी दिए पनि निर्विरोध भएको घोषणा भने गरेको छैन ।

बुधवार दिउँसो १ बजे सभामुखको निर्वाचनका लागि बोलाइएको प्रदेशसभा बैठकमा सभामुख निर्विरोध भएको घोषणा हुनेछ । माओवादी केन्द्र प्रदेश ५ संयोजक घर्ती पूर्वी रुकुम (ख) का सांसद हुन् । पाँच नम्बर प्रदेशमा एमाले र माओवादी बीच भएको सत्तासाझेदारी अन्र्तगत मुख्यमन्त्री एमाले र सभामुख माओवादीबाट बन्ने सहमति अन्तर्गत माओवादी केन्द्रले घर्तीलाई सभामुखको उम्मेदवार बनाएको थियोे ।

दिउँसो १ बजे सभामुखको चयन भएको घोषणापछि अपराह्न ५ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । सपथ लगत्तै सभामुख घर्तीले सहिद र पुष्पलालको सालिकमा माल्यापर्ण गर्ने छन् । त्यसपछि प्रदेशसभा सचिवालयमा आएर पदवहाली गर्ने छन् ।
नागरिकबाट

Logo