रौतहट
रौतहट जिल्लामा पछिल्लो समय सरकारी सवारी साधनको व्यापक रुपमा दुरुपयोग हुँदै आएको छ । मंगलबार सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिएको थियो । विदाको दिन पनि दिनभरी जसो सरकारी कर्मचारीका परिवार तथा आफन्त बोक्दै सरकारी गाडी गुडिरहेका थिए । बागमती सिंचाई आयोजना कर्मैया सर्लाहीको ना १ झ ४७० नम्बरको गाडीमा सो कार्यालयका कर्मचारीका आमा र श्रीमतीले शिब मन्दिरमा पुजा आजा गर्नका लागि दुरुपयोग गरे ।
बागमती सिंचाई आयोजनाका कर्मचारी नभएर महिला मात्र गाडीमा लिएर रौतहटको नुनथर पुगेका गाडीका चालकलाई आज बिदाको दिन कस्लाई लिएर आउनु भो भनेर सोध्दा उनले ढुण्डी खतिवडा सरको परिवार र आमालाई मन्दिर लिएर आएको बताए । बिदाको दिन हाकिमहरुले भनेपछि गाडी चलाउनै प¥यो नाम बताउन नचाहने चालकले जवाफ दिए ।
खतिवडा बागमती सिँचाई आयोजनाको स्टोर किपर भएको समाचारस्रोतको भनाई छ । स्टोर किपरले यसरी सरकारी सवारी साधन निर्वाद रुपमा बिदाको दिनमा दुरुपयोग गर्दछन् भने अन्य कर्मचारीले के गर्लान तपाईं आफैं अनुमान लगाउनुस ,नुनथर क्षेत्रमा भेटिएका चन्द्रनिगाहपुरका समाजसेवी केदार थापाले प्रतिप्रश्न गरे । बागमती सिंचाई आयोजनाको गाडी त प्रतिनिधि मात्र हो रौतहटमा सरकारी सवारी साधान चढेर मदिरा सेवन गर्न जाने सरकारी कर्मचारीको संख्या बढदै जान थालेको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया