चुनावी प्रचारका लागि सरकारी बजेटको दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्री कार्की

चुनावी प्रचारका लागि सरकारी बजेटको दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्री कार्की

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै झापा ५ का उम्मेदवार रञ्जित तामाङको आपत्ति, आयोगको गराए ध्यानाकर्षण

केन्द्रबिन्दु
15
Shares

झापा। झापा–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रञ्जित तामाङले निर्वाचन आचारसंहिता विपरीत योजना र बजेट वितरण भइरहेको भन्दै आपत्ति जनाएका छन्।

तामाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सत्ता र शक्तिको दुरुपयोग गरी चुनाव प्रयोजनका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्धारा योजना तथा बजेट बाँडफाँड गरिएकोमा आपत्ति जनाएका हुन् । उनले यस्तो कार्यले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठाउने बताए।

मुख्यमन्त्री कार्कीले चुनाव लाई लक्षित गरी योजना र बजेट बाँड्दै हिनेको प्रति तामाङले घोर आपत्ति जनाए । तामाङका अनुसार कार्कीले योजना कार्यक्रममा बजेट दिन्छु भन्दै मठमन्दिर र बाटहरुमा बजेट बाँडेर चुनावको बेला स्थानिय जनतालाई प्रभाव पार्ने नियत राखेको तामाङले केन्द्रविन्दुलाई बताए।

“दुवै अति राष्ट्रलाई क्षति” भन्ने टिप्पणी गर्दै उनले आचारसंहिताविरुद्ध जनतालाई प्रलोभनमा पार्ने गतिविधि तत्काल बन्द गर्न माग गरेका छन्। उनले मुख्यमन्त्री नै सत्ता र शक्तिको दुरुपयोगमा लागेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेशवुकमा लेखेका छन् ,

“निर्वाचन आचार संहिता बिपरित
मुख्यमन्त्री स्वयम सत्ता र शक्तिको दुरुपयोग गर्दै
चुनाब प्रयोजनार्थ योजना र बजेट बितरण गरिरहेको प्रति
मेरो ध्यानाकर्षण भएको छ ।
आचारसंहिता बिरुद्ध जनता प्रलोभनमा पार्ने कार्य बन्द गर ।
निर्वाचन आयोगको ध्यानाकर्षण होस।”

तामाङले निर्वाचन आयोगलाई समेत यस विषयमा ध्यान दिन आग्रह गरेका छन्। चुनावी माहोल तातेका बेला सत्ताको दुरुपयोग हुन नदिन कडाइका साथ अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

निर्वाचन नजिकिँदै जाँदा विभिन्न क्षेत्रमा आचारसंहिता उल्लङ्घनका आरोप सार्वजनिक भइरहेका छन्। आयोगले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाउँदै आएको छ।

Skip This
Skip This
Logo