काठमाडौँ
उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति विरुद्ध परेको रिटबारे सर्वोच्च अदालतले २ फागुनमा अन्तिम फैसला सुनाउने भएको छ । "/>

८० न्यायाधीश नियुक्ति विरुद्ध रिटको फैसला आज हुने

८० न्यायाधीश नियुक्ति विरुद्ध रिटको फैसला आज हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति विरुद्ध परेको रिटबारे सर्वोच्च अदालतले २ फागुनमा अन्तिम फैसला सुनाउने भएको छ । रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ओमप्रकाश मिश्रले १ असारमा न्यायपरिषद्का नाममा १५ दिन भित्र कारण पेस गर्न आदेश जारी गरेका थिए । अदालतको उक्त आदेशको १५ दिन पछि न्यायपरिषद्ले लिखित जवाफ पठाएको थियो । त्यसयता उक्त रिटमा लगातार सुनुवाइ हुँदै आएको थियो । यसैक्रममा सोमबार न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासमा सुनुवाइ भएको थियो । उक्त इजलासले बुधबार (आज) उच्च अदालतका ८० न्यायाधीशका विषयमा फैसला गर्नेछ ।

महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल र बद्रीप्रसाद गौतम तथा सहन्यायाधिवक्ता राजन प्रसाद खतिवडा र गणेशबाबु अर्यालले गत वर्ष १५ चैतमा प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष, न्यायपरिषद सचिवालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । वरिष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा अगाडि हुँदा हुँदै पनि आफूहरूलाई नियुक्त नगरिएकाले उक्त नियुक्ति बदर गर्नु ‘पर्ने उनीहरूको जिकिर छ । परिषद्ले नियुक्त भएकालाई किन गरियो भन्ने र नियुक्त नभएकालाई किन गरिएन भन्ने आधार कारण नदिई मनोमानी रूपमा निर्णय गरेको पनि रिटमा उल्लेख छ ।

गत वर्ष २९ पुसमा न्यायपरिषद्को सिफारिसमा उच्च अदालतमा ८० न्यायाधीश नियुक्त भएका थिए । न्यायाधीश नियुक्तिमा न्यायपरिषद्का सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौला अनुपस्थित थिए । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायक र न्यायपरिषद सदस्य पदमप्रसाद वैद्यिकको उपस्थितिमा न्यायाधीश नियुक्ति गरिएको थियो ।
नयाँपत्रिकाबाट

Logo