वीरगन्ज
प्रदेश नम्बर २ को मुख्यमंत्रीमा मुस्लिम समुदायका ब्यक्तिलाई बनाएको भन्दै हिन्दुवादी संगठनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेका छन् । "/>

किन जलाइयो वीरगन्जमा उपेन्द्र यादवको पुत्ला ? यस्तो छ कारण ..!

किन जलाइयो वीरगन्जमा उपेन्द्र यादवको पुत्ला ? यस्तो छ कारण ..!

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज
प्रदेश नम्बर २ को मुख्यमंत्रीमा मुस्लिम समुदायका ब्यक्तिलाई बनाएको भन्दै हिन्दुवादी संगठनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेका छन् । हिन्दुवादी संगठनले सोमबार वीरगन्जमा फोरमका अध्यक्ष यादवको पुत्ला जलाएका हुन् । विश्व हिन्दु परिषद अंकित ब्यानर र झण्डा सहित सोमवार बिहान घण्टाघर चोकमा पुगेका करिब ३०,३५ जना हिन्दुवादीहरूले धर्मको नारा लगाउँदै फोरम नेपालका अध्यक्ष यादवको पुत्ला जलाएका हुन् ।

प्रदर्शनकारीहरूले हिन्दु विरोधी उपेन्द्र यादव मुर्दावाद, मुस्लिमलाई मुख्यमन्त्री बनाउन पाइँदैन जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । फोरम नेपाल र उसका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को मुख्यमन्त्री मुस्लिम धर्मका व्यक्तिलाई बनाउन लागेको भन्दै विश्व हिन्दु परिषदले यादवको पुत्ला जलाएको प्रदर्शनमा सहभागी अजय कुमार कानुले बताए । फोरम नेपालले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश सांसद लालबाबु राउत गद्धीलाई चयन गरिसकेको छ । लालबाबु वीरगन्जकै स्थायीबासिन्दा हुन् । उनी पर्साको क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सांसदमा निर्वाचित भएका थिए ।

Logo