देउवा नहुँदा सुदूरपश्चिमको चुनावी माहोल फिक्का,१६ क्षेत्रमा २०६ प्रतिस्पर्धी

देउवा नहुँदा सुदूरपश्चिमको चुनावी माहोल फिक्का,१६ क्षेत्रमा २०६ प्रतिस्पर्धी


काठमाडौं। २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका कांग्रेसका पूर्वसभापती ५ पटक प्रधानमन्त्री भईसकेका शेरबहादुर देउवा विनाको सुदुरपश्चिमको चुनावी माहोल फिक्का देखिएको छ । डडेलधुरावाट ७ वटा निर्वाचन जेतेका देउमा चुनावी जित सकै सुदुरपश्मिका अभिवावकिय भुमिकामा रहदै आएका नेता हुन । जेन्जी आन्दोलन पछि राजनीतिक शक्रियता नदेखाएको देउवा कांग्रेसमा भएको विशेष महाधिवेशन पछि सार्वजनिक कार्यक्रममा देखिएका छैन्न ।
२०४८ को निर्वाचन जेतेर गृहमन्त्री बने देखि सधै राजनीतिको शिखरमा रहेका देउवा विगतका सबै चुनावमा सुदूररपश्चिमका सबै निर्वाचन क्षेत्रहरुमा पुगेर कांग्रेस कार्यकतामा उत्साह थप्ने गरेका थिए ।

देउवाले २०६४ सालमा दुई (डडेलधुरा र कञ्चनपुर–३ ) क्षेत्रबाट चुनाव जिते । २०७४ मा एमाले र माओवादीले वाम गठबन्धन गर्दा पनि शेरबहादुर देउवाले डडेलधुराबाट चुनाव जितेका देउवा मात्र सुदूरपश्चिमका कांग्रेसबाट जित्ने संसद हुन ।
अन्य दल विगतकै नेताहरूको मूल नेतृत्वमा चुनावमा गएका छन् । तर कांग्रेसमा भने परिवेश फेरिएको छ । विशेष महाधिवेशनबाट निवर्तमान सभापति शेरबहादुर देउवालाई विस्थापित गर्दै गगनकुमार थापा पार्टी सभापति बनेका छन् । कांग्रेस थापाकै नेतृत्वमा चुनावमा होमिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले सुदूरपश्चिम प्रदेशको राजनीतिक दृश्यलाई रोमाञ्चक बनाएको छ । यस प्रदेशमा कुल १६ निर्वाचन क्षेत्र मा कुल २०६ जान चुनावि मैदानमा रहेका छन् । १७,१६,६६० मतदाता रहेको प्रदेशमा हेभिवेटका उम्मेदवारहरु देखि सदवहार उम्मेदवारहरु समेत चुनावि मैदनमा रहेका छन् ।

हेभिवेटमा कम भएको सुदूरपश्चिमको निर्वाचन
सुदूरपश्चिममा कुल २०६ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस पटकका मुख्य ‘हेभिवेट’ विगतका चुनावमा भन्दा कम रहेका छन् । पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रस नेता तथा पुर्वगृहमन्त्री रमेश लेखक चुनावी मैदानमा छैनन् । कैलालीबाट चुनाव जितेकी आरजु देउवा पनी चुनावमा उम्मेदवार छैन्न । कैलाली १ बाट चुनाव जित्दै आएका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी र अधिललो नेर्वाचन जितेका कांग्रेस नेत दिलेन्द्र बढु र विरबहादुर वलायर पनी उम्मेदवार रहेका छैनन्।
कांग्रेसले कञ्चनपुरबाट पूर्व परराष्ट्र मन्त्री एन.पी. साउद, अछाममा नेपाली कम्युनिस्ट पार्टीका भीम रावल, एमाले उपमहासचिव लेखराज भट्ट र कञ्चनपुर–१मा नेपाली कम्युनिस्ट पार्टीकी नेतृ तथा पुर्वमन्त्री विना मगर चुनावी उम्मेदवार रहेका छन् ।
पूर्व मुख्यमन्त्रीको प्रवेशः सुदूरपश्चिम प्रदेशमा पाँच वर्ष मुख्यमन्त्री रहेका त्रिलोचन भट्ट प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धा गर्दै छन्। वाम गठबन्धनको साझा समर्थन उनका लागि बलियो आधार मानिएको छ। एमालेले युवा नेता दीपक धामीलाई मैदानमा उतारेको छ भने कांग्रेसले अनुभवी नेता भरत खड्कालाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेसबाट जिल्ला सभापति तथा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द उम्मेदवार बनेका छन्। पार्टी संगठन र स्थानीय पकडका आधारमा कांग्रेसले चन्दलाई अघि सारेको छ। नेकपा (एमाले) बाट केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दामोदर भण्डारी उम्मेदवार छन्। उनी यस क्षेत्रबाट लगातार चौथो पटक प्रतिनिधि सभा निर्वाचन लड्दै छन्।
डोटी–१ मा यसपटक कांग्रेस, एमाले र वाम गठबन्धनबीच मुख्य त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। प्रेम आलेको अनुपस्थितिले खुला बनेको मैदानमा नयाँ शक्ति र वैकल्पिक दलहरूले कति प्रभाव पार्लान् भन्ने कुराले निर्वाचनको अन्तिम नतिजा रोचक बनाउने विश्लेषकहरूको भनाइ छ।
अछाममा २ निर्वाचन क्षेत्र, १७ उम्मेदवार मैदानमा
अछाम जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेका छन्। आगामी फागुन २१ मा हुने निर्वाचनका लागि दुवै क्षेत्रमा जम्मा १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पूर्व एमाले उपाध्यक्ष भीम बहादुर रावल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनावी मैदानमा छन् भने रास्वपाले काठमाडौंका मेयर बालेन शाहका स्वकीय सचिवलाई उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र–१ मा ८ जना उम्मेदवार रहेका छन् ।
यहाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का भीम बहादुर रावल ,नेकपा (एमाले)का झपट बहादुर बोहरा,नेपाली कांग्रेसका भरत कुमार स्वार, रास्वपा का ओमप्रकाश रावल रहेका छन् । राप्रपाका लोकेन्द्र बहादुर शाह र नेमकिपाका सुरेन्द्र शाही प्रतिस्पर्धामा रहेका छन् । भीम रावलको नयाँ राजनीतिक यात्रा र एमालेसँगको भिडन्त यस क्षेत्रको मुख्य आकर्षण बनेको छ ।

अछाम निर्वाचन क्षेत्र–२
अछाम निर्वाचन क्षेत्र–२मा ९ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेसका वर्तमान जिल्ला सभापति र अघिल्लो निर्वाचनका विजेता पुष्प बहादुर शाह,नेकपा (एमाले)का यज्ञ बहादुर बोगटी,नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शरद सिंह भण्डारी,रास्वपा बाट बालेन शाहका स्वकीय सचिव भूपदेव शाह विचमा प्रतिस्पर्धा हुने छ ।
यस क्षेत्रका उम्मेदवारहरुले आफ्ना चुनावी मुख्य एजेन्डाः सेती–बुढीगंगा नदी कटान नियन्त्रण, मध्यपहाडी लोकमार्ग सुधार, बयलपाटा अस्पताल व्यवस्थापन लगायत रहेका छन् ।अछाममा भीम रावल, एमालेका उम्मेदवार, रास्वपा युवा उम्मेदवार र कांग्रेसका अनुभवी नेताबीच मुख्य प्रतिस्पर्धा रहने देखिएको छ। मतदाता उत्साहपूर्वक मतदानका लागि तयारीमा छन्।

रास्वपा र युवा मतः अछामका भूपदेव शाह र बाजुराका हेमराज थापाजस्ता युवा उम्मेदवारहरूले युवा मतदातालाई आकर्षित गर्दै पुराना दललाई चुनौती दिएका छन्। नयाँ मतदाताको समावेश र विदेशबाट फर्किएका युवाहरूले ‘सरप्राइज’ नतिजा दिन सक्ने आँकलन छ ।

कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं. १ (टीकापुर क्षेत्र) सुदूरपश्चिमकै सबैभन्दा बढी चर्चामा रहने क्षेत्र हो। आगामी २०८२ फागुन २१ को निर्वाचनका लागि यस क्षेत्रमा रोचक राजनीतिक समीकरण देखिएको छ । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
यस क्षेत्रमा जम्मा १९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्, जसमा १३ जना राजनीतिक दलका र ६ जना स्वतन्त्र उम्मेदवारहरू रहेका छन्।
रामलाल डगौरा थारु नेपाली कम्युनिष्ट पार्टी (नेकपा)टीकापुर नगरपालिकाका पूर्व मेयर चुनावी मैदानमा छन्। उनी नागरिक उन्मुक्ति पार्टी छाडेर नेकपाबाट उठेका हुन्। जनकराज चौधरी नेपाली कांग्रेस बाट प्रतिस्पर्धामा छन् । उनी संविधान सभा सदस्य र यस क्षेत्रका पुराना नेता मानिन्छन् । नेकपा एमालेले द्वारिका न्यौपाने लाई उठाएको छ । उनले विकास र समृद्धिको एजेन्डासहित चक्रपथ निर्माणको घोषणा गरिसकेका छन्। क प्रसाद जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाको तर्फबाट उम्मेदवार छन्। यस्तै लोकेन्द्र कुँवर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट चुनावी प्रतिस्पर्धामा रहेका छन् ।कैलाली क्षेत्र नं. १ मा जम्मा मतदाता करिब १,०६,७०३ मतदाताहरू रहेका छन्। समग्र रुपमा कैलालीमा कुल मतदाता संख्या ५,५१,०५२ पुगेको रहेका छन्

कैलाली क्षेत्र नं. २ मा कडा प्रतिस्पर्धा, मुख्य दल र युवा उम्मेदवारबीच रोचक चुनावी टक्कर

कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं. २ (लम्की–चुहा, बर्दगोरिया र मोहन्याल) मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक देखिएको छ। यस क्षेत्रमा मुख्य राजनीतिक दलका अनुभवी नेतासँगै युवा उम्मेदवारबीच कडा टक्कर हुने संकेत देखिएको छ।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन्। नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री कमल बहादुर शाह उम्मेदवार बनेका छन्। नेकपा (एमाले) बाट महिन्द्र राय यादव चुनावी मैदानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सामाजिक अभियन्ता केपी खनाल उम्मेदवार रहेका छन्। नागरिक उन्मुक्ति पार्टीबाट अघिल्लो निर्वाचनका विजेता अरुण कुमार चौधरी उम्मेदवार छन् भने नेकपा (माओवादी केन्द्र) बाट भक्त बहादुर थापा प्रतिस्पर्धामा उत्रिएका छन्।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भरत सिंह वि.सी. लाई उम्मेदवार बनाएको छ। यस्तै करिब पाँच जना स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारमध्ये अधिकांशले स्थानीय विकास, रोजगारी र आधारभूत सेवा सुधारलाई मुख्य एजेन्डा बनाएका छन्।

कैलाली क्षेत्र नं. २ मा जम्मा एक लाख सात हजार सात सय ५७ मतदाता रहेका छन्। यस निर्वाचन क्षेत्रमा लम्की–चुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र मोहन्याल गाउँपालिकाका क्षेत्रहरू पर्दछन्। यस क्षेत्रमा करिब ५० मतदान स्थल रहेका छन् भने मतदाता संख्या बढेकाले यसपटक दुई वटा नयाँ मतदान केन्द्र थपिएका छन्।

उम्मेदवारहरूले यस क्षेत्रमा राप्ती–कर्णाली सिँचाइ आयोजना, लम्की–चुहा औद्योगिक क्षेत्र विकास, मोहन्याल क्षेत्रको सडक सञ्जाल विस्तार, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई मुख्य चुनावी एजेन्डाका रूपमा उठाइरहेका छन्।विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनालले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रमुख मुद्दा बनाएका छन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीले अप्रत्याशित जित निकालेको थियो। तर यसपटक कांग्रेसका पूर्व मुख्यमन्त्री कमल बहादुर शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका युवा अभियन्ता केपी खनालको उम्मेदवारीका कारण चुनावी प्रतिस्पर्धा थप चर्किएको छ। यसले गर्दा यस क्षेत्रको मत परिणाम कुन पक्षमा जान्छ भन्ने अनुमान गर्न कठिन देखिएको छ।

थारु बाहुल्य कैलाली क्षेत्र नं. ३ मा त्रिपक्षीय प्रतिस्पर्धा, चुनावी समीकरण कसिलो

कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं. ३ (घोडाघोडी, भजनी र कैलारी) थारु बाहुल्य क्षेत्र भएकाले यहाँको प्रतिनिधिसभा निर्वाचनलाई सधैं विशेष रूपमा हेरिन्छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रको प्रतिस्पर्धा झन् चर्किने संकेत देखिएको छ।

यस निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, नेकपा (वाम गठबन्धन) र नेकपा (एमाले) बीच मुख्य त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ। नागरिक उन्मुक्ति पार्टीबाट अघिल्लो निर्वाचनका विजेता गङ्गा राम चौधरी उम्मेदवार रहेका छन्। उनलाई यसपटक आफ्नो राजनीतिक विरासत जोगाउने चुनौती छ। नेकपा (माओवादी केन्द्र) बाट आएका कृष्ण कुमार चौधरी (कुन्दन) वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन्। नेकपा (एमाले) बाट पूर्व मन्त्री गौरी शंकर चौधरी उम्मेदवार रहेका छन्, जसको यस क्षेत्रमा व्यक्तिगत र पार्टीगत पकड रहेको बताइन्छ।

नेपाली कांग्रेसबाट खेमराज डगौरा थारु उम्मेदवार रहेका छन्। कांग्रेसले थारु समुदायको मत आकर्षित गर्ने रणनीतिका साथ उनलाई मैदानमा उतारेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विरेन्द्र बहादुर बम उम्मेदवार रहेका छन्।कैलाली क्षेत्र नं. ३ मा एक लाख नौ हजार एक सय २२ मतदाता रहेका छन्। यो क्षेत्र कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये मतदाता संख्याका आधारमा दोस्रो ठूलो क्षेत्र हो।
थारु समुदायको बाहुल्यता रहेकाले यस क्षेत्रमा जातीय पहिचान, थारु अधिकार र क्षेत्रीय मुद्दा निर्वाचनमा निर्णायक बन्दै आएका छन्। अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले यहाँ भारी मतसहित जित हासिल गरेको थियो। तर यसपटक माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको सहकार्यसहित बनेको नयाँ राजनीतिक समीकरणले प्रतिस्पर्धालाई अझ कसिलो बनाएको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि युवा उम्मेदवार उठाएर परम्परागत मतदाता तान्ने प्रयास गरिरहेको छ। यसले चुनावी परिणामलाई थप अनिश्चित बनाएको छ।

कैलाली क्षेत्र नं. ४ मा १७ उम्मेदवार मैदानमा, एमाले–कांग्रेसबीच मुख्य प्रतिस्पर्धा

कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं. ४ (अत्तरिया–गोदावरी क्षेत्र) मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। यस क्षेत्रलाई नेकपा (एमाले) का प्रभावशाली नेता लेखराज भट्ट र नेपाली कांग्रेसको पकट क्षेत्रका रूपमा हेरिँदै आएकाले निर्वाचन विशेष चासोका साथ हेरिएको छ । यस क्षेत्रमा नेकपा (एमाले) बाट पार्टी सचिव तथा पूर्व मन्त्री लेखराज भट्ट उम्मेदवार छन्। नेपाली कांग्रेसबाट गोरख बहादुर विष्ट ‘आनन्द’ उम्मेदवार बनेका छन्।
कांग्रेसका तर्फबाट यसअघि चर्चामा रहेका वीरबहादुर बलायरले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि विष्टलाई उम्मेदवार बनाइएको हो। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) बाट हप्पी रेग्मी उम्मेदवार रहेका छन्। उनलाई नयाँ शक्तिका रूपमा चुनावी मैदानमा हेरिएको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैय चौधरी उम्मेदवार रहेका छन्, जसले थारु समुदायको मत आकर्षित गर्ने रणनीति लिएको देखिन्छ ।कैलाली क्षेत्र नं. ४ मा मुख्य रूपमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने आकलन गरिए पनि नागरिक उन्मुक्ति पार्टी, नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारले मत विभाजन गर्न सक्ने देखिएको छ । यसले निर्वाचन परिणामलाई थप रोचक बनाएको छ।

कैलाली क्षेत्र नं. ५ :कांग्रेस र वाम गठबन्धनबीच ‘प्रतिष्ठाको लडाइँ’

कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं. ५ (धनगढी क्षेत्र) आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक रूपमा निकै चर्चित बनेको छ। यस क्षेत्र सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेकाले यसलाई ‘प्रतिष्ठाको लडाइँ’को रूपमा हेरिएको छ ।

क्षेत्रमा जम्मा १६ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेसका नरनारायण शाह र वाम गठबन्धनका प्रेम बहादुर आले बीच हुने अनुमान गरिएको छ। अन्य उम्मेदवारहरूमा नेकपा (एमाले) का यज्ञराज ढुंगाना, नेपाली कांग्रेसको प्रस्तावित उम्मेदवार ईश्वरी न्यौपाने, राप्रपा का रोशन शाही र जनमत पार्टीका प्यारेलाल राना रहेका छन्।
चुनावी मुख्य मुद्दाहरूमा प्रेम आलेको आगमनले राजनीतिक समीकरणमा ठूलो प्रभाव पारेको छ। गेटा मेडिकल विश्वविद्यालयको पूर्ण सञ्चालन र धनगढी बजारमा बर्खे डुबान तथा कटानको समस्या समाधान गर्ने प्रतिबद्धता सबै उम्मेदवारले उठाएका छन्।यस क्षेत्रमा मुख्य टक्कर नेपाली कांग्रेस र वाम गठबन्धनबीच हुने देखिन्छ। नेकपा (एमाले) का यज्ञराज ढुंगानाले पनि आफ्नो बलियो उपस्थिति जनाउँदै चुनावी समीकरणमा प्रभाव राख्ने तयारी गरेका छन्।

कञ्चनपुरका तीन क्षेत्रमा ५५ उम्मेदवार मैदानमा, मुख्य दलबीच कडा प्रतिस्पर्धा
कञ्चनपुर जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र रहेका छन्। आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लाभर कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीनवटै क्षेत्रमा ठूला राजनीतिक दलका अनुभवी नेतासँगै ठूलो संख्यामा नयाँ अनुहार देखिँदा यसपटकको निर्वाचनलाई चासोका साथ हेरिएको छ।
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पुनर्वास, बेलौरी र दक्षिणी क्षेत्र पर्दछन्। यहाँ १९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ। यस क्षेत्रमा नेकपा (माओवादी केन्द्र)बाट विना मगर, नेकपा (एमाले)बाट अघिल्लो निर्वाचनका विजेता तारा लामा तामाङ, नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिल्लीबहादुर शाही चुनावी मैदानमा छन्। विना मगर र तारा लामा तामाङबीच पुनः आमनेसामने प्रतिस्पर्धा हुन लागेकाले यो क्षेत्रलाई ‘रि–म्याच’ का रूपमा हेरिएको छ।
निर्वाचन क्षेत्र नम्बर २ मा झलारी, कृष्णपुर र शुक्लाफाँटा क्षेत्र पर्दछन्। यहाँ पनि १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसबाट पूर्वमन्त्री एन.पी. साउद उम्मेदवार बनेका छन् भने नेकपा (एमाले)बाट अशोककुमार चन्द वा नरबहादुर धामीमध्ये एक जना उम्मेदवार रहेका छन्। यस क्षेत्रमा नेकपाबाट माधव पन्त उम्मेदवार छन् भने रास्वपा र राप्रपाले पनि आफ्ना उम्मेदवार मैदानमा उतारेका छन्। अनुभवी नेता र नयाँ राजनीतिक शक्तिबीचको टक्करले यो क्षेत्र पनि चासोको केन्द्रमा छ।
निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत महेन्द्रनगर र भीमदत्त क्षेत्र पर्दछन्, जहाँ १७ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसबाट कांग्रेसका मुख्य सचेतक रमेश लेखक उम्मेदवार बनेका छन् भने नेकपा (एमाले)बाट दीपक भट्ट उनको मुख्य प्रतिस्पर्धीका रूपमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र महता र नेकपाबाट मानबहादुर सुनार पनि चुनावी मैदानमा छन्। यस क्षेत्रलाई रमेश लेखकको राजनीतिक साख जोगाउने निर्वाचनका रूपमा विश्लेषण गरिएको छ।
कञ्चनपुर जिल्लामा कुल मतदाता संख्या करिब तीन लाख १४ हजार रहेको छ। ५५ जना उम्मेदवारमध्ये ४८ जना नयाँ अनुहार हुनु यस निर्वाचनको विशेषता हो। कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा देखिए पनि शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले उल्लेख्य मत काट्ने अनुमान गरिएको छ। अनुभवी नेताहरू र नयाँ पुस्ताबीचको भिडन्तले कञ्चनपुरको चुनावी माहोल यसपटक थप रोचक बनेको छ।

डडेलधुरामा ३४ वर्षपछि देउवाबिनाको निर्वाचन, नयाँ नेतृत्व चयनको ऐतिहासिक मोड
डडेलधुरा जिल्लाको प्रतिनिधि सभा निर्वाचन यसपटक ऐतिहासिक मोडमा पुगेको छ । २०४८ सालदेखि लगातार अपराजित रहँदै आएका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यसपटक चुनावी मैदानमा नउत्रिएपछि डडेलधुराले ३४ वर्षपछि नयाँ प्रतिनिधि पाउने निश्चितजस्तै देखिएको छ ।
डडेलधुरामा प्रतिनिधि सभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । देउवाको अनुपस्थितिसँगै नयाँ नेतृत्वको उदयले यसपटकको प्रतिस्पर्धालाई निकै रोचक र खुला बनाएको छ ।
नेपाली कांग्रेसबाट देउवाका उत्तराधिकारीका रूपमा केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर उम्मेदवार बनेका छन्। पार्टीभित्र देउवाको राजनीतिक विरासत सम्हाल्ने जिम्मेवारी महरलाई दिइएको भन्दै कांग्रेसले यस निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको छ ।
नेकपा (एमाले) बाट अनुभवी नेता चक्र स्नेही उम्मेदवार छन्। पूर्व राष्ट्रिय सभा सदस्यसमेत रहेका स्नेहीले कांग्रेसको लामो वर्चस्व तोड्ने लक्ष्यसहित चुनावी अभियान तीव्र पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट तारा प्रसाद जोशी उम्मेदवार बनेका छन्। रास्वपाले डडेलधुरामा पनि वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्दै युवामाझ प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको छ।
वाम गठबन्धनको तर्फबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मान सिंह माल उम्मेदवार छन्। उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साझा समर्थन रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्दराज खतौता उम्मेदवार बनेका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि चर्चामा छन्। अघिल्लो निर्वाचनमा देउवालाई कडा चुनौती दिएका युवा इन्जिनियर ढकाल यसपटक पनि स्वतन्त्र तथा रास्वपा समर्थक मतदातामाझ प्रभाव जमाउने प्रयासमा छन्। डडेलधुरामा यसपटक कुल १३ जना उम्मेदवार चुनावी मैदानमा छन्। जिल्लामा ४६ हजार ९५७ पुरुष र ४६ हजार ४४६ महिलासहित कुल ९३ हजार ४०३ मतदाता रहेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यस निर्वाचनमा कांग्रेसका नैनसिंह महर र एमालेका चक्र स्नेहीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। तर, रास्वपाका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले विशेष गरी युवा मतदाताको उल्लेख्य मत काट्ने सम्भावना रहेकाले नतिजा अनुमानभन्दा फरक आउन सक्ने आँकलन गरिएको छ ।
देउवाबिनाको डडेलधुरा निर्वाचन केवल सिटको लडाइँ मात्र नभई, पुरानो राजनीतिक वर्चस्वको अन्त्य र नयाँ नेतृत्वको परीक्षणका रूपमा हेरिएको छ ।

बैतडीमा एक निर्वाचन क्षेत्र, १२ उम्मेदवार चुनावी मैदानमा
बैतडी जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ। आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि बैतडी–१ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी जम्मा १२ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्। यसपटकको निर्वाचनमा ठूला दलका अनुभवी नेतासँगै नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले बैतडीको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

डोटीमा एक निर्वाचन क्षेत्र, ९ उम्मेदवार मैदानमा,प्रेम आले बाहिरिएपछि चुनावी समीकरण फेरियो
डोटी जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ। आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि डोटी–१ बाट विभिन्न राजनीतिक दलका गरी जम्मा ९ जना उम्मेदवारहरूले चुनावी मैदानमा दाबेदारी प्रस्तुत गरेका छन्।
अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका प्रेम बहादुर आले यसपटक कैलाली–५ बाट चुनाव लड्न गएकाले डोटीको राजनीतिक समीकरण यसपटक उल्लेख्य रूपमा फेरिएको छ। प्रमुख दलहरूले नयाँ रणनीतिसहित उम्मेदवार अघि सारेपछि प्रतिस्पर्धा थप चर्किएको छ।

दार्चुलाः पुराना प्रतिद्वन्द्वीबीच प्रतिष्ठाको भिडन्त
प्रतिनिधि सभा निर्वाचनका लागि दार्चुलामा १ निर्वाचन क्षेत्र रहेको छ। आगामी फागुन २१, २०८२ मा यस क्षेत्रका मतदाता करिब ९०,१९४ जनाले मतदान गर्नेछन्। जिल्लाको दुर्गम भौगोलिक बनावट र सीमावर्ती अवस्थाका कारण दार्चुलाको निर्वाचन सधैं देशभरको ध्यानको केन्द्रमा रहन्छ ।
मुख्य उम्मेदवारहरूमा दिलेन्द्र प्रसाद बडू (नेपाली कांग्रेस), गणेश सिंह ठगुन्ना (नेकपा एमाले), अमर सिंह धामी (नेकपा), रविन्द्र सिंह धामी (रास्वपा) र जयदेव जोशी (नेकपा संयुक्त) रहेका छन्। अन्य साना दलका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्।
मुख्य चुनावी एजेन्डामा कालापानी–लिपुलेक क्षेत्रको सुरक्षा, महाकाली करिडोरको सडक सञ्जाल विस्तार र अपी हिमाल क्षेत्रको जलविद्युत तथा जडिबुटी विकास रहेका छन्। मतदाता करिब ९०,१९४ रहेका छन् भने दुर्गम क्षेत्रका मतदाताका लागि छाङरु र तिङ्करमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
दार्चुलामा दिलेन्द्र प्रसाद बडू र गणेश सिंह ठगुन्ना बीचको प्रतिस्पर्धा ‘प्रतिष्ठाको लडाइँ’ मानिएको छ । यसपटक रास्वपा र नेकपा (गठबन्धन) का उम्मेदवारहरूले युवा मतदातामा प्रभाव पार्ने अपेक्षा गरिएको छ । अनुभव, युवा नेतृत्व र वैकल्पिक शक्ति बीचको भिडन्तले दार्चुलाको निर्वाचनलाई अत्यन्त रोचक बनाएको छ।

बझाङमा १ निर्वाचन क्षेत्र, ७ उम्मेदवार मैदानमा
प्रतिनिधि सभा निर्वाचनका लागि बझाङ जिल्लामा १ मात्र निर्वाचन क्षेत्र रहेको छ । आगामी फागुन २१ मा हुने निर्वाचनमा यहाँ ७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही, नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर ,(नेपाली कम्युनिष्ट पार्टी÷नेकपा) मीन बहादुर कुँवर ,(रास्वपा)का शैलेश कुमार सिंह र राप्रपाका विश्व प्रकाश जेठारा विच मुख्य प्रतिस्पर्धा हुने भएको छ । यस्तै अन्य साना दलका उम्मेदवारहरू पनि मैदानमा छन्।
यहाँ कांग्रेस, एमाले र नेकपा (गठबन्धन) बीच कडा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
अघिल्लो निर्वाचनमा यहाँ एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भए पनि यसपटक कांग्रेस, एमाले र नेकपा (गठबन्धन) बीचको प्रतिस्पर्धा मुख्य आकर्षण बनेको छ । अनुभव, युवा नेतृत्व र नयाँ शक्ति बीचको भिडन्तले बझाङको निर्वाचनलाई रोचक बनाएको छ ।

बाजुरा अनुभव, युवा नेतृत्व र नयाँ शक्ति बीचको भिडन्त

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाजुरामा १ मात्रै निर्वाचन क्षेत्र रहेको छ । यहाँ कुल ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्, जसले जिल्लाको राजनीतिक वातावरणलाई अझ रोचक बनाएको छ । यहाँ नेपाली काँग्रेसका जनकराज गिरी,नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा )प्रकाश शाह, रास्वपाका हेमराज थापा र नेकपा माओवादी बाट भुपेन्द्र विक ,(राप्रपा) का केशर बहादुर शाही विच मुख्य भिडन्त हुनेछ ।
यहाँका उम्मेदवारहरुले खाद्यान्न र सडकलाई मुख्य एजेण्डा बनाएका छन् ।बाजुरामा बर्सेनि हुने खाद्यान्न अभावको अन्त्य, मार्तडी–कोल्टी सडकको स्तरोन्नति,जिल्ला अस्पतालको क्षमता वृद्धि र दुर्गम गाउँमा आधारभूत स्वास्थ्य पहुँच, राष्ट्रिय प्रसारण लाइन विस्तार र स्थानीय जलविद्युत आयोजना निर्माण लगायतका चुनावी एजेण्डा लिएर उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
त्रिपक्षीय भिडन्तः परम्परागत रूपमा कांग्रेस र एमाले र नेकपाबीच प्रतिस्पर्धा हुने भए पनि यस पटक अनुभव, युवा नेतृत्व र नयाँ शक्ति बीचको भिडन्तले यहाँको निर्वाचनलाई थप रोचक बनाएको छ ।

Skip This
Skip This
Logo