देश अब कांग्रेसको ‘वाइ वाइ फ्याक्ट्री’ झैं चल्नुपर्छ -बालेन

देश अब कांग्रेसको ‘वाइ वाइ फ्याक्ट्री’ झैं चल्नुपर्छ -बालेन

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मुलुकको वर्तमान आर्थिक र प्रशासनिक अवस्थालाई थलिएको सरकारी उद्योगसँग तुलना गर्दै अब नयाँ गतिमा अघि बढ्नुपर्ने बताएका छन् ।

चितवनमा आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै नेता शाहले भने, “अहिले देशको अवस्था ठ्याक्कै हेटौंडा सिमेन्ट कारखाना जस्तै भएको छ। हामीसँग मेसिन छ, दक्ष जनशक्ति छ, आफ्नै खानी पनि छ, तर कारखाना बन्द छ।”

उनले थपे, “अब देशलाई यसरी थन्क्याएर राख्नु हुँदैन, अब चल्नुपर्यो।” देशलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा उनले नेपाली कांग्रेसका नेता एवं व्यवसायी विनोद चौधरीको ‘वाइ वाइ फ्याक्ट्री’को उदाहरण दिए । “अब देशलाई नेपाली कांग्रेसको वाइ वाइ फ्याक्ट्री झैं चलाउनुपर्छ। देशभर विकास र समृद्धिको लहर चल्नुपर्छ। त्यसको जिम्मेवारी अब रास्वपाले लिन्छ,” उनले भने ।

Skip This
Skip This
Logo