काभ्रे
अरनिको राजमार्गमा दैनिक जसो ट्रिपरकै कारण दुर्घटनामा वृद्धि भएपछि जिल्ला ट्राफिक कार्यालय काभ्रेले टाइम कार्ड लागू गर्ने भएको छ । "/>

दैनिक जसो दुर्घटना हुन थालेपछि काभ्रेमा ट्रिपरलाई टाइम कार्ड

दैनिक जसो दुर्घटना हुन थालेपछि काभ्रेमा ट्रिपरलाई टाइम कार्ड

केन्द्रबिन्दु
0
Shares

काभ्रे
अरनिको राजमार्गमा दैनिक जसो ट्रिपरकै कारण दुर्घटनामा वृद्धि भएपछि जिल्ला ट्राफिक कार्यालय काभ्रेले टाइम कार्ड लागू गर्ने भएको छ । बनेपामा एक कार्यक्रम गर्दै ट्राफिक कार्यालय काभ्रेले आज बाट काभ्रे भित्र चल्ने ट्रिपरहरुलाई टाइम कार्डको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

दैनिक दुर्घटना बढ्दै गएकाले दुर्घटनाको मूख्य कारण बनेको तीब्र गति नियन्त्रणका लागि काभ्रेमा चल्ने ट्रिपरहरुलाई टाइम कार्डको व्यवस्थापन गर्न लागिएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेखरजंङ मल्लले बताए । काभ्रेबाट दैनिक ३ हजार भन्दा बढी ट्रिपरले निमार्ण सामाग्री बोकेर राजधानी भित्रने गरेका छन् । अरनीको राजमार्गको साँगामा गत साता ट्रिपरले मोटरसाइकललाई ठक्कर दियो तर ट्रिपर चालकले नै थाहा पाएनन् । अरनीको राजमार्गको जनागाल खण्ड आएपछि प्रहरीले ट्रिपरलाई रोक्दै गरेको देखेपछि मात्रै थाहा पाए दुर्घटना भएछ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले नक्कली लाइसेन्स बोकेर ट्रिपर चलाउँने २९ जनालाई यो वर्ष पनि मुद्दा चलाएको छ । तर पनि अरनीको राजमार्ग र विपी राजमार्गमा ट्रिपर आतंकमा कमी हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गत तीन महिनाको अवधिमा काभ्रेमा ट्रिपरकै कारण भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । तीन महिनामा मात्रै ६० वटा भन्दा बढी गम्भीर किसिमका दुर्घटना भएका छन् । दुर्घटनाबाट २४ जना गम्भीर घाइते बनेका छन् ।

Skip This
Skip This
Logo