च्याम्पियन्स लिग ड्रः रियल मड्रिड र म्यानचेस्टर सिटी फेरि आमनेसामने

च्याम्पियन्स लिग ड्रः रियल मड्रिड र म्यानचेस्टर सिटी फेरि आमनेसामने

केन्द्रबिन्दु
66
Shares

काठमाडाैं । युरोपेली फुटबलको सबैभन्दा ठूलो मञ्च ‘युइएफए च्याम्पियन्स लिग’को नकआउट चरणको समीकरण पूरा भएको छ। यस पटकको ड्र ले फुटबल प्रेमीहरूलाई केही निकै रोमाञ्चक र ‘ब्लकबस्टर’ खेलहरू पस्किएको छ।

बुडापेस्टको पुस्कास एरिनामा हुने फाइनलसम्मको यात्रा अब सिल्भर पाथ र ब्लु पाथमा विभाजित भएको छ।

रियल मड्रिड विरुद्ध म्यानचेस्टर सिटी: पुन: एकपटक महाभिडन्त

विगत चार सिजनदेखि लगातार भिड्दै आएका यी दुई महारथी फेरि आमनेसामने हुँदैछन्। रियल मड्रिडका केलियन एमबाप्पे र सिटीका एर्लिङ हालान्डबीचको भिडन्त यस खेलको मुख्य आकर्षण हुनेछ। हालान्डले एन्टोनिओ रुडिगरको रक्षापंक्ति तोड्न संघर्ष गरिरहेको अवस्थामा, यस पटक रियल मड्रिड क्वाटरफाइनल पुग्ने अनुमान गरिएको छ।

पीएसजीविरुद्ध चेल्सीः बदलाको अवसर

गत वर्षको फिफा क्लब वर्ल्ड कप फाइनलमा बेहोरेको हारको बदला लिने दाउमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छ। गोलकिपर जियानलुइजी डोनारुम्मा सिटी गए पनि ओस्मान डेम्बेले र फाबियन रुइजको पुनरागमनले पीएसजी बलियो देखिएको छ। चेल्सीको युवा टोलीलाई पराजित गर्दै पीएसजी अगाडि बढ्ने देखिन्छ।

आर्सनल र बार्सिलोनाको सहज यात्रा

‘ब्लु पाथ’ तर्फ रहेका आर्सनल र बार्सिलोनालाई तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी मिलेका छन् । आर्सनलले बायर लिभरकुजेनको सामना गर्नेछ भने बार्सिलोनाले न्युक्यासलको चुनौती लिनेछ। दुवै टोली आफ्नो लय र अनुभवका कारण क्वाटरफाइनल पुग्ने प्रबल सम्भावना छ।

यसैगरी नर्वेको क्लब बोडो/ग्लिम्ट यस सिजनको ‘जायन्ट किलर’ सावित भएको छ। म्यानचेस्टर सिटी र इन्टर मिलान जस्ता टोलीलाई हराइसकेको यो टोलीले राउण्ड अफ १६ मा स्पोर्टिङ सीपीको सामना गर्दैछ। आफ्नो घरेलु मैदान र उच्च मनोबलका कारण बोडो/ग्लिम्ट क्वाटरफाइनल पुग्न सक्ने भविष्यवाणी गरिएको छ।

Logo