जिल्ला प्रशासनद्वारा मदिरा बिक्री–वितरणमा रोक

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री–वितरणमा रोक

केन्द्रबिन्दु
18
Shares

सिमकोट। जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागू हुने गरी जिल्लाभर मदिरा बिक्री–वितरणमा पूर्ण रोक लगाएको छ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार निर्वाचन सम्पन्न भई मत परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्री–वितरण र सेवन गर्न पाइने छैन।

निर्वाचनलाई शान्त र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। निर्णयको अवज्ञा गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवाला तथा सर्वसाधारणलाई सूचनाको पालना गर्न आग्रह गरेको छ।

Skip This
Skip This
Logo