कोहलपुर। नेपालमा विगत ११ वर्षदेखि गुणस्तरीय बाथवेयर उत्पादनमार्फत सशक्त पहिचान स्थापित गर्दै आएको बेन्कार्डो वाथवेयर सेन्टर (बेन्कार्डो) ले गोलपार्कमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । आफ्नो ब्रान्ड विस्तार तथा आक्रामक बजारीकरण रणनीतिअन्तर्गत (बेन्कार्डो) ले बाँकेको कोहलपुर–११, गोलपार्कमा अत्याधुनिक सप इन्साइड सप (एस आई एस) शोरूम सञ्चालनमा ल्याएको छ ।

’पसल भित्र पसल’ अवधारणामा आधारित उक्त सप इन्साइड सप (एस आई एस) शोरूम फाल्गुन १५ गतेदेखि औपचारिक रूपमा उद्घाटन भई सञ्चालनमा आएको हो।
स्थानीय सफल युवा व्यवसायी कृष्ण प्रसाद गौलीद्वारा सञ्चालित राधाकृष्ण ट्रेडर्स सँगको सहकार्यमा बेन्कार्डोले यस नयाँ शोरूमको शुभारम्भ भएको हो ।
शोरुमको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई र बेन्कार्डो कम्पनीका नेसनल सेल्स म्यानेजर बालकृष्ण रेग्मीले संयुक्त रूपमा रिबन काटेर शोरूम उद्घाटन गरेका थिए।
कार्यक्रममा वाणिज्यसंघका महासचिव दीपक भण्डारी, बेन्कार्डोका एरिया म्यानेजर कमल प्रसाद भट्टराई, कम्पनीका क्षेत्रीय वितरक सुरेन्द्र छेत्री, निर्माण व्यवसायी, निर्माण इन्जिनियर, विभिन्न कम्पनीका प्रतिनिधि, स्थानीय व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदीप भट्टराईले कम्पनी र स्थानीय साझेदार राधाकृष्ण ट्रेडर्सबीचको सहकार्यले एउटै छानामुनि सम्पूर्ण सामग्रीलाई उत्कृष्ट ढंगले सजाएर प्रदर्शन गरिएको उल्लेख गरे। यसले उपभोक्तालाई विभिन्न स्थान धाउनुपर्ने झन्झटबाट मुक्त गर्दै सहज र समय बचत सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै, आधुनिक अवधारणामा निर्माण गरिएको सप इन्साइड सप (एस आइ एस) शोरूमले स्थानीय बजारमा सकारात्मक प्रतिस्पर्धा र गुणस्तरीय सेवा प्रवाहमा योगदान पुर्याउने धारणा व्यक्त गरे ।
त्यसैगरी, बेन्कार्डोका नेसनल सेल्स म्यानेजर बालकृष्ण रेग्मीले आफ्नो मन्तव्यमा बेन्कार्डों ब्रान्डको ११ वर्षे यात्रा, गुणस्तरप्रति प्रतिबद्धता, ग्राहक–केन्द्रित सेवा दर्शन तथा आगामी विस्तार योजनाबारे जानकारी गराए। उनले (एस आइ एस) शोरूम अवधारणाले ब्रान्ड अनुभवलाई सशक्त बनाउँदै ग्राहकलाई प्रत्यक्ष अवलोकन, छनोट र परामर्शको सुविधा प्रदान गर्ने बताए ।
कोहलपुर–११, गोलपार्कमा सञ्चालनमा आएको उक्त अत्याधुनिक शोरूममा बेन्कार्डोका विभिन्न मोडेलका उच्च गुणस्तरीय बाधवेयर उत्पादनहरू आधुनिक र आकर्षक ढंगले प्रदर्शन गरिएको छ । ग्राहकहरूले सामग्रीलाई प्रत्यक्ष रूपमा प्रत्यक्ष रुपमा अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ भने बाथवेयरसँगै किचनवेयरका नयाँ–नयाँ उत्पादनहरू समेत प्रदर्शनीमा राखिएका छन्।

बेन्कार्डोले (एस आइ एस) शोरूममार्फत पश्चिम नेपालका ग्राहकहरूलाई गुणस्तरीय उत्पादन, आधुनिक डिजाइन र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ । कम्पनीले आगामी दिनमा पनि देशका विभिन्न सहरहरूमा यस्ता आधुनिक शोरूम विस्तार गर्दै जाने योजना सार्वजनिक गरेको छ।





























प्रतिक्रिया