पोखरा। पोखरा महानगरपालिका–६, ड्यामसाइड नजिकै खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ। शवको उमेर करिब २०–२५ वर्षको अनुमान गरिएको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार शव आज बिहान फेला परेको हो। शव तन्नाले बेरिएको सुटकेसमा भेटिएको थियो। घटनाबारे जानकारी पाएपछि स्थानीयहरूले प्रहरी कार्यालयलाई खबर गरेका थिए।
उक्त शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पठाइएको छ । प्रहरीले सनाखत हुन नसकेको र घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीले घटनासँग सम्बन्धित अन्य विवरणहरू संकलन गर्दै छानबिन अगाडि बढाइरहेको बढाईरहेको छ ।





























प्रतिक्रिया