भक्तपुर -२ मा महेश बस्नेतको उम्मेदवारी किन ? [भिडियो]

भक्तपुर -२ मा महेश बस्नेतको उम्मेदवारी किन ? [भिडियो]

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जेनजी आन्दोलनपछिको नेपालको समसामयिक राजनीतिक परिस्थितिमा नेकपा एमाले निरन्तर आलोचना, चुनौती र आन्तरिक दबाबको घेरामा देखिन्छ । सरकार त गुमायो नै पार्टी पनि निरन्तर निशानामा पर्‍याे । सबै नेताहरु आफूलाई जोगाउनै व्यस्त रहँदा पार्टीका पक्षमा बोल्ने एक नेता थिए, महेश बस्नेत । उनीबारे धारणा फरक–फरक हुनसक्छ, तर एउटा कुरा निर्विवाद छ- बस्नेतले शून्यमा झरेको एमालेलाई फेरि लयमा ल्याए । सरकारबाट अपदस्थ भएका तत्कालिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूसँगै भक्तपुरको गुण्डु लगे र छिन्नभिन्न भएका नेताहरुलाई पार्टीमा फेरि सक्रिय गराए ।

नेता बस्नेत चौतर्फी आलोचना सहेर पार्टी अध्यक्ष ओली र पार्टीको बचाउमा खरो रुपमा उत्रिएर लागिपरे र ओलीको सारथीको ट्याग पाए । उनको बल संगठन हो। विशेषगरी युवा शक्ति । सडक आन्दोलनदेखि संगठन विस्तारसम्म उनी आफ्नै शैलीमा सक्रिय भए । राजधानीमा ठूलो संख्यामा युवालाई परिचालन गर्ने घोषणा उनीभित्रको राजनीतिक आत्मविश्वासको द्योतक मानिन्छ । यसकै धन्यवादस्वरुप भन्नुपर्छ, बस्नेतलाई विषम परिस्थितीमा पार्टीको ११ महाधिवेशनबाट एमाले नेता कार्यकर्ताले लोकप्रिय मतसहित सचिव पदमा निर्वाचित गराए । उनी अहिले एमालेभित्र ऊर्जा, आक्रामकता र संगठनात्मक सक्रियताको प्रमुख स्रोत बनेका छन्।

बस्नेत राजनीतिक चेतले भरिएका एक माहिर खेलाडी हुन् । ०५४ सालको स्थानीय निर्वाचनमा भक्तपुरको गुण्डु गाविसको अध्यक्षमा विजयी हुँदा बस्नेत भर्खर २२ वर्ष पुग्दै थिए, त्यसबेला उनी देशभरका करीव ४ हजार गाविस अध्यक्षमध्ये कान्छो जनप्रतिनिधि बनेका थिए । यसबीचमा उनी युथफोर्स र युवा संघको अध्यक्ष हुँदै उद्योगमन्त्री समेत भइसकेका छन् ।

आसन्न प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर–२ बाट एमालेको तर्फबाट उम्मेदवार बनेका सचिव महेश बस्नेत केही दिनअघि चुनावी प्रचारकै क्रममा मनोहराको सुकुम्वासी बस्ती पुगे । सुकुम्वासी बस्तीमा ठूलै बिवाह वा अन्य उत्सव चलिरहेको झल्को दिने गरि हातहातमा अबिर, फूल माला र खादा लिएर स्थानीयको सहभागिता उत्तिकै देखिन्थ्यो र नारा लागिरहेको थियो, ‘मनोहरा बस्ती के भन्छ, महेश बस्नेत ले भन्छ।’ विपदको सारथी महेश बस्नेत नै भएको उनीहरुको भनाइ थियो ।

२०५७ सालमा भक्तपुर जिल्ला कमिटी सदस्य बनेका बस्नेत २०७५ सालमा केन्द्रीय कमिटी सदस्य मनोनित भए । २०७८ मा सम्पन्न दशौं महाधिवेशनपछि पोलिट्ब्युरो सदस्य बनेका उनी केन्द्रीय कमिटीमा सात वर्ष काम गर्दानगर्दै केन्द्रीय सचिव निर्वाचित भएका छन् ।

विरोधका स्वरको बेवास्ता गरेर पछिल्लो पटक ओलीले बस्नेतलाई अगाडि बढाउँदा भने जेनजी आन्दोलनपछि कै ‘भूमिका’लाई महत्त्व देखिएको देखिन्छ । एमालेको मात्र होइन पुराना कुनै पनि ‘दलको सदस्य वा समर्थक बन्नु नै अपराध हो’ भने जस्तो भाष्य निर्माण भईरहेका बेला उनले ओलीलाई तामझामका साथ सार्वजनिक गरे । गुण्डुमा डेरा मात्र खोजेर राखेनन्, ‘कुटी’ नै बनाउने घोषणा गरे ।

२०६३, ६४ताका देशलाई संकट पर्दा नेकपा माओवादीको ज्यादतीविरुद्ध खडा भएर वाईसिएललाई ठीक ठाउँमा ल्याउन तत्कालिन समयमा कम चुनौती थिएन । संविधान सभामा तेस्रो दलमा खुम्चिएको एमालेले युवा संघ मार्फत वाईसीएलको प्रतिवाद गर्न युवा संघले युथ फोर्स गठन गर्‍यो, जसको प्रमुख बनेका थिए बस्नेत । त्यस यता उनी आफ्ना प्रखर र आक्रामक अभिव्यक्तिका कारण सञ्चारमाध्यममा सधैँ चर्चामा रहन्छन्।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट भारी मतका साथ विजयी भएका बस्नेत २०७९ को निर्वाचनमा भने झिनो मतान्तरले पराजित भएका थिए। तर भक्तपुरको भौतिक पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेलेको श्रेय उनलाई दिइने गरिन्छ। उनले विशेषगरी हनुमन्ते खोला करिडोर निर्माणको अवधारणा ल्याई त्यसलाई कार्यान्वयनमा लैजान मुख्य नेतृत्वदायी भूमिका निर्वाह गरे, जसले भक्तपुरको यातायात र ढल निकासमा ठूलो सुधार ल्यायो। आफ्नो निर्वाचन क्षेत्रका कुनाकुनामा सड्क, पीच र पानी, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार निर्माणमा उनले गरेका काम निकै महत्वपूर्ण मानिएको छ । नदी, खोला, सार्वजनिक जग्गाको संरक्षण सहित भक्तपुरलाई व्यवस्थित सहरको रुपमा विकास गर्न पनि बस्नेतको नाम अग्रपंक्तिमा आउँछ ।

योपटक बस्नेतले आफ्नो अघिल्लो कार्यकालमा सुरु गरेका हनुमन्ते करिडोर, सडक विस्तार र स्मार्ट सिटीका योजनाहरूलाई पूर्णता दिनु नै आफ्नो मुख्य एजेन्डा बनाएका छन् । देश र विदेशका विद्यार्थीहरु अध्ययन, अनुसन्धानका लागि भक्तपुर आउने गरि उत्कृष्ठ शैक्षिक गन्तव्य भक्तपुरलाई बनाउने, स्वास्थ्यको उत्कृष्ठ र सुलभ पहुँचका लागि भक्तपुर अस्पताल, शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र अत्याधुनिक स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण गर्ने, भक्तपुरको दुवाकोटमा वीर अस्पताल निर्माण गर्ने, मध्यपुरथिमिमा छाती रोग विशेषज्ञ अस्पताल सञ्चालनमा ल्याउने उनको योजना पुरा गर्ने लक्ष्य राखेका छन् ।

त्यस्तै भक्तपुरको गठ्ठाघरमा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हल निर्माण गर्ने, भक्तपुरको नंखेलमा ५६ रोपनी जग्गामा रंगशाला निर्माण गर्ने, भक्तपुरको सूर्य विनायकमा कबर्ड हलको निर्माण गर्ने, भक्तपुरको नगरकोट, रानीकोटलाई पर्यटकीय क्षेत्र घोषणा गराउने, गाउँ गाउँमा होमस्टे पर्यटन प्रबर्दन गर्ने, भक्तपुरलाई धार्मिक उवं ऐतिहासिक पर्यटकीय गन्तव्य बनाउने, अरनिको राजमार्गलाई हराभरा बनाउने, भक्तपुरको अरनिको राजमार्गदेखि सूर्यविनायकका प्रत्येक सडक, चोक, चौतारो, गाउँ गाउँमा सडक बत्ति जडान गर्दै उज्यालो भक्तपुर बनाउने लक्ष्य पनि पूरा गर्ने अठोट उनको छ ।

Skip This
Skip This
Logo