काठमाडौं

सरकारले केन्द्रीयस्तरका विभागीय कार्यालयहरूलाई एकै ठाउँबाट सेवा दिने गरी प्रशासनिक केन्द्रको भवन निर्माण गर्ने भएको छ । "/>

बबरमलमा १७ तले सरकारी प्रशासनिक केन्द्रको भवन बन्ने

बबरमलमा १७ तले सरकारी प्रशासनिक केन्द्रको भवन बन्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले केन्द्रीयस्तरका विभागीय कार्यालयहरूलाई एकै ठाउँबाट सेवा दिने गरी प्रशासनिक केन्द्रको भवन निर्माण गर्ने भएको छ । सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी र छिटो छरितो बनाउन एकीकृत रूपमा एउटै प्रशासनिक भवन निर्माण गर्न लागेको हो । शहरी विकास तथा भवन निर्माण विभागले एकीकृत भवन निर्माणका लागि स्थान छनोट र भवनको डिजाइनको काम अन्तिम चरणमा पुर्याएको छ । बबरमहलस्थित वन विभाग परिसर भित्रको ८५ रोपनी जग्गामा १७ तलाको आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार परिसर भित्रबाटै सञ्चालन हुँदै आएको छ । सिंहदरबार भित्र नै सबै मन्त्रालय रहेका छन् । जसको कारण नागरिकले एउटै परिसर भित्र सबै मन्त्रालयस्तरका सेवा सुविधा लिने गरेका छन् । मन्त्रालय मातहत रहेका विभागहरू भने छरिएर रहेका छन् । जसका कारण सेवाग्राहीले सेवा लिनका लागि विभिन्न स्थानमा धाउनुपर्ने बाध्यता रहेको छ । एउटै भवनमा सबै विभागलाई समावेश हुने गरी प्रशासनिक केन्द्र निर्माण गर्न लागेको शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मनिराम गेलालले बताए । उनले भने– ‘भवनको निर्माण कार्य अगाडि बढाउन यसै वर्ष खरिदको प्रक्रिया अगाडि बढाउँछौं।’ उनका अनुसार विभागका कार्यालयहरू सबै अटाउने गरी भवन निर्माण हुनेछ ।
नेपाल समाचारपत्रबाट

Logo