सोलुखुम्बु ।
सोलुखुम्बुकाे माप्य दुधकोशी-४ बस्ने ६४ वर्षिय कि किन्जी शेर्पाकाे हत्या गरी लुटपाट समेत गरेकाे अभियोगमा युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोलुखुम्बु माप्य दुधकोशी-३ बस्ने वर्ष २१ को सविन राई छन् । अभियुक्तले फलामको हम्मरले टाउकोमा पछाडिबाट हिर्काई घटना स्थलमै कर्तव्य गरी मारी नगद तथा जिन्सी सरसमान समेत लुटी लगेको प्रहरीले जनाएकाे छ ।
प्रतिबादी सबिन राई लाई कानूनी प्रकृया पूरा गरी कर्तव्य ज्यान तथा डाका चोरी मुद्धामा पुर्पक्षको लागि जिल्ला कारागार सोलुखुम्बु चलान गरिएकाे प्रहरीले जनाएकाे छ ।































प्रतिक्रिया