दार्चुला
राष्ट्रिय गौरबको आयोजना मध्येको एक चलेलियाबाट ११ वर्षपछि विद्युत उत्पादन सम्भव भएको छ । प्रदेश नम्बर ७ को प्रतिक्षारत आयोजना चमेलिया जलविद्युत आयोजनाको शनिवार (आज) औपचारिक रुपमा उदघाटन हुदैछ ।
११ वर्ष लगाएर निमार्ण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको प्रधानमन्त्री शेर बहादुर देउवाले शनिवार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले शनिबार बिहान ११ः३० बजे पछि चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख अजय कुमार दहालले जानकारी दिए । चमेलिया जलविद्युत आयोजनाको शनिवार हुने उद्घाटनका लागि चमेलिया क्षेत्र सिंगारिएको छ । लामो समयको प्रतिक्षापछि निर्माण सम्पन्न भएको चमेलियाको पावर हाउस क्षेत्रमा सिंगारपटार गरीएको छ । उक्त क्षेत्रमा फूलहरु समेत रोपीएको छ ।
आयोजनाको उद्घाटन कार्यक्रममा सहभागि हुन प्रदेश प्रमुख मोहनराज मल्ल लगायत शुक्रबार नै आयोजनास्थल पुगिसकेका छन् । आयोजनास्थलमा सुरक्षा व्यवस्था निकै कडा पारीएको दार्चुला प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले बताए । उद्घाटनका लागि प्रधानमन्त्री देउवासँगै उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा, मन्त्री जयन्त चन्द लगायत मन्त्रालय र बिद्युत प्राधिकरणका उच्च पदस्थ कर्मचारी पनि चमेलिया आउने भएका छन् ।
हेलिकप्टर मार्फत उनिहरु आउँने भएपछि चमेलियाको आयोजनास्थल बलाँचमा दुई वटा हेलिप्याड निर्माण गरिएका छन् । एउटा हेलिप्याड पहिले देखि बनाइएकोमा अर्को नयाँ हेलिप्याडको समेत निर्माण भएको चमेलिया जलविद्युत आयोजनका प्रमुख अजयकुमार दाहालले बताए । बैतडी र दार्चुलाको सिमानदी चमेलियामा ०६३ पुष देखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले गत पुष महिना देखी परिक्षण प्रशारण सुरु गरेको थियो । परिक्षणका क्रममा सफल देखिएपछि निर्माण सुरु भएको ठिक ११ बर्षपछि चमेलिया विद्युत आयोजनाबाट बिद्युत उत्पादन भएको हो । चमेलियाको सुरुको लागत साँढे ८ अर्ब बाट बढेर करिब १६ अर्ब पुगेको छ भने ०६८ मा सम्पन्न हुनु पर्ने आयोजना बिभिन्न पटक म्याद थप गर्दै ६ वर्ष ढिलो गरी ११ बर्षमा सकिएको हो ।





























प्रतिक्रिया