जनकपुरधाम | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले निकै शक्तिशाली अग्रता बनाएका छन् ।
प्राप्त पछिल्लो विवरण अनुसार झाले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै ३ गुणा बढी मत प्राप्त गरे । झा ८,४४१ मतका साथ शीर्ष स्थानमा छन् । उनले कांग्रेसका पाका नेता विमलेन्द्र निधिभन्दा ५,४५१ मतको विशाल अग्रता कायम गरेका छन् ।
पूर्व उपप्रधानमन्त्री निधि (२,९९०) र एमालेकी प्रभावशाली नेतृ जुली कुमारी महतो (१,४३८) दुवै जना ‘घन्टी’ को लहरका अगाडि निकै कमजोर देखिएका छन्।































प्रतिक्रिया