रौतहट ४ः घण्टीको भारी अग्रता, करिब ४ हजार मत गन्दा धमलालाई ९ भोट

रौतहट ४ः घण्टीको भारी अग्रता, करिब ४ हजार मत गन्दा धमलालाई ९ भोट

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । रौतहट ४ को प्रारम्भिक मतगणनामा चर्चित उम्मेदवार ऋषी धमला निकै पछि परेका छन् । यो क्षेत्रमा रास्वपाले सुरुवातमै भारी अग्रता बनाएको छ ।

३ हजार ८ सय २६ मत गणना हुँदा रास्वपा उम्मेदवार गणेश पौडेलले २ हजार २ सय ५ मत ल्याएका छन् । दोस्रो स्थानमा कांग्रेसलाई ६ सय ९२ र तेस्रोमा नेकपालाई ६ सय ३७ मत खसेको छ । आम जनता पार्टीको मोबाइल चुनाव चिन्हबाट लडेका धमलाले ९ भोट मात्र ल्याएका छन् । उनी चुनाव प्रचारका क्रममा सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

Logo