चितवन -२ मा रवि लामिछानेको रफ्तार, अन्य उम्मेदवार निकै पछाडि

चितवन -२ मा रवि लामिछानेको रफ्तार, अन्य उम्मेदवार निकै पछाडि

केन्द्रबिन्दु
18
Shares

चितवन | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले आफ्नो वर्चस्व कायम राखेका छन् । प्राप्त पछिल्लो विवरण अनुसार लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरू भन्दा झण्डै ३ गुणा बढी मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् ।

६,७०० मतका साथ लामिछाने शीर्ष स्थानमा छन् । उनले नेपाली कांग्रेसकी मिना खरेल भन्दा ४,३७१ मतको विशाल अन्तर बनाएका छन् । दोस्रो स्थानका लागि कांग्रेस (२,३२९) र एमाले (२,२२२) बीच मात्र १०७ मतको झिनो अन्तर देखिएको छ।

यसअघिका निर्वाचनहरूमा जस्तै यसपटक पनि चितवन २ मा लामिछानेप्रति मतदाताको आकर्षण निकै बलियो देखिएको छ।

Skip This
Skip This
Logo