काठमाडाैं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले निकै फराकिलो मतान्तरसहित आफ्नो अग्रतालाई कायमै राखेकी छिन्।
दिउँसो २:३० बजेसम्मको ताजा तथ्याङ्क अनुसार रास्वपा ९,८७६ मत लिएर अग्रता कायम राख्दा नेकपाकी रेणु दाहाल ५,२५४ मत सहित पछ्याउँदैछिन् । गौतमले दाहाललाई ४,६२२ मतको ठूलो अन्तरले पछि पारेकी छिन्।
युवा मतदाता र शहरी क्षेत्रको मत सोबिताको पक्षमा एकतर्फी जस्तै देखिएको छ। ‘परिवर्तनको संवाहक’ मानिएकी गौतमको यो अग्रताले स्थापित दलहरूलाई रक्षात्मक बनाएको छ।





























प्रतिक्रिया