भूकम्पपीडितले दोश्रो किस्ताको रकम पाउने म्याद थपियो

भूकम्पपीडितले दोश्रो किस्ताको रकम पाउने म्याद थपियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । भूकम्पपीडितले घर पुनर्निर्माणका लागि दोस्रो किस्ताको रकम लिने म्याद थप भएको छ । पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले चैत मसान्तसम्म दोस्रो किस्ता रकम लिन पाउने गरी समय थप गरेको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले पुस मसान्तसम्म कायम रहेको समय तीन महिना थप गरेको हो । प्राधिकरणका अनुसार ७ लाख, ६७ हजार ७०५ जना लाभग्राही पिडित छन् भने यस मध्ये  ६ लाख ७१ हजार ५७७ जनाले पहिलो किस्ता बुझेका छन् ।

Skip This
Skip This
Logo