कर्णाली । सुर्खेत निर्वाचन क्षेत्र नं.१ मा नेपाली काँग्रेस र २ मा मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको १७ हजार ८५७ मत गणना काँग्रेसका बिष्णुबहादुर खड्काले छ हजार ९२३ मत मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नेकपा (एमाले)का ध्रुवकुमार शाहीले चार हजार ९०१, रास्वपाका टेकबहादुर सिंहले चार हजार २५१, र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले ५४२ मत प्राप्त गरेको भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिए । यो निर्वाचन क्षेत्रमा १३ दलका प्रत्यासीहरु छन् । एक लाख २२ हजार ९०२ मतदाता संख्या रहेको यो क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो ।
त्यसैगरी, सुर्खेत क्षेत्र नं.२ मा रास्वपाले अग्रता लिएको छ । रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले १३ हजार ७४३ मत गणना हुँदा चार हजार २५४ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका कुलमणि देवकोटा दुई हजार ३४०, काँग्रेसका नारायणकुमार कोइरालाले तीन हजार ३३३ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले एक हजार ५४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए ।
सुर्खेतको २ नं. क्षेत्रमा १७ दलका प्रत्यासीहरु छन् । एक लाख २६ हजार ४१ मतदाता संख्या रहेको यो क्षेत्रमा ७३ हजार ३५६ मत खसेको थियो ।





























प्रतिक्रिया