काठमाडौं । धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा निर्वाचित भएका छन्।
४३ हजार १४२ मत प्राप्त गरी झा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९५२ मत ल्याए। नेकपा एमालेका जुलीकुमारी महतोले नौ हजार ५१० मत प्राप्त गरिन्।
यसअघि २०७९ सालमा उनी समानुपातिकबाट सांसद भएका थिए ।





























प्रतिक्रिया