हेभिवेट नेता गिरिराज ढले, महोत्तरी–१ रास्वपाको कब्जामा

हेभिवेट नेता गिरिराज ढले, महोत्तरी–१ रास्वपाको कब्जामा

केन्द्रबिन्दु
0
Shares

महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत मात्र प्राप्त गरे।

यसैगरी नेकपा एमालेका लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत ल्याउँदै तेस्रो स्थानमा रहे।

मतपरिणामले महोत्तरी–१ मा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको देखिएको छ।

Logo