पर्वतमा रास्वपाका सागर भुसालको शानदार जित

पर्वतमा रास्वपाका सागर भुसालको शानदार जित

केन्द्रबिन्दु
21
Shares

पर्वत। पर्वतमा राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का सागर भुसाल २६,५६१ मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशी १५,९५४प्राप्त गरे। यस्तै
नेकपा एमालेका पदम गिरी १५,०७५ ,नेपाली कम्युनिस्ट पार्टीका मनहरि तिमिल्सिना ४५५७ मत प्राप्त गरे। यस्तै राप्रापाका दुर्गा बहादुर मल्लले ५२५ मतमा सिमित रहे।

नेकपा (माओवादी) बाट कृष्ण बहादुर विक (गोलो घेराभित्र दुई पात सहितको गुलाब)११८, अन्य दलहरूतर्फ नेपाल मजदुर किसान पार्टीबाट ऐलिना सुवाल (मादल)ले ७, राष्ट्रिय जनमोर्चाबाट भिमलाल न्यौपाने (गिलास)ले ८७, मंगोल नेशनल अर्गनाइजेसनबाट लालकुमारी थापा राना (कुखुराको भाले)४१, नेशनल रिपब्लिक नेपालबाट वीर बहादुर गुरुङ (उडिरहेको माहुरी)९८, राष्ट्रिय जनमुक्ति पार्टीबाट माया पाइजा पुन फकामी मगर (हात मिलाएको) २९, उज्यालो नेपाल पार्टीबाट यम बहादुर चोचाङ्गी पुन (बलिरहेको बिजुलीको चिम) १२२ तथा आम जनता पार्टीबाट पवित्रा मल्ल (मोबाइल)ले ५ मत प्राप्त गरे।
स्वतन्त्र उम्मेदवारमा गंगालाल रिमाल (क्यामरा)ले ५, मिना पौडेल शर्मा (आरी) ८, सीता देवी शर्मा (मुढा)८ र सावित्री शर्मा (आँप)३ मत प्राप्त गरे।

भुसालको प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरी नेकपाका मनहरि शर्मा विच रहेपनि भुसालले भारी मतान्तर सहित विजयी भए।

विजयी भएसंगै भुसालले आफ्नो विजय देशको,परिवर्तन पक्षको र आदरणीय पर्वतबासी महानुभावहरूको भएको भन्दै मतदाता प्रति हार्दिक आभार व्यक्त गरे।

विजयी भएसँगै भुसालले आफ्नो विजयलाई पर्वतबासी, परिवर्तनपक्ष र सम्पूर्ण मतदाता समुदायको विजय भएको भन्दै आभार व्यक्त गरे। उनले भने, “यहाँहरूले मलाई र रास्वपा माथि देखाउनुभएको विश्वास, माया र समर्थनका कारण प्रतिनिधिसभामा २६,५६१ मत दिएर निर्वाचित गराइदिनुभयो। यो मेरो व्यक्तिगत विजय होइन, सम्पूर्ण पर्वत जिल्लाका नागरिकहरूको विजय हो। यहाँहरूको विश्वासलाई सम्मान गर्दै, सबै नागरिकलाई समान व्यवहार गर्दै देशको विकास, सुशासन र जनहितका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

भुसालले आफ्नो पार्टीका जिल्ला तथा वडा कार्यकर्ता, साथीहरू, आफन्त, युवा र प्रवासी नेपालीहरूलाई पनि धन्यवाद दिएका छन्। उनले पर्वतको विकास, देशको समृद्धि र सकारात्मक परिवर्तनका लागि सबै मिलेर अघि बढ्ने कुरा दोहोर्याए।
उनले भने “पर्वतको विकास, देशको समृद्धि र सकारात्मक परिवर्तनका लागि अब हामी सबै मिलेर अघि बढ्नेछौं।”
भुसाल विजयी भएसंगै पर्वतमा विजयी उत्सव मनाउन सुरु भएको छ । लामो समय देखिको काँग्रेस र एमालेको विरासत ढाल्न सफल भएको भन्दै भुसाललाई समर्थकहरु र पर्वतबासी प्रायले बधाई दिएका छन् । भुसाल केही समय पहिला कांग्रेसबाट विद्रोह गरेर रास्वपामा गएका थिए ।

Logo