पर्सा–२ मा रास्वपाका सुशीलकुमार कानु विजयी

पर्सा–२ मा रास्वपाका सुशीलकुमार कानु विजयी

केन्द्रबिन्दु
6
Shares

वीरगञ्ज। पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन्।

निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार कानुले ३० हजार ७४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजयकुमार चौरसियाले ११ हजार ८९० मत प्राप्त गरे। नेकपा एमालेकी रिमाकुमारी यादवले ११ हजार ६०५ मत ल्याइन्। जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले २ हजार ६४२ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिना जैसवालले १ हजार ९९९ मत पाएकी छन्।

यस क्षेत्रमा कुल ३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। तीमध्ये १७ जना दलीय र १४ जना स्वतन्त्र उम्मेदवार थिए।

पर्सा–२ मा कुल ९५ हजार १२० मतदाता रहेकोमा ६५ हजार ८७८ मत खसेको थियो। मतगणनामा ४ हजार ५६८ मत बदर भएको छ भने ६१ हजार ३१० मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Logo