रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल सान्त्वना भए

रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल सान्त्वना भए

केन्द्रबिन्दु
12
Shares

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरी विजयी भएका छन्।

चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार अजय गुप्तालाई १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन्। गुप्ताले १० हजार ६९३ मत प्राप्त गरे।

नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत पाएका छन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने तारा चुनाव चिन्हबाट चुनाव लड्दै ७ हजार ६६९ मतसहित चौथो स्थानमा सीमित भए।

यस्तै जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवारले छाता चिन्हबाट ६ हजार ८४६ मत प्राप्त गरेका छन्।

यस क्षेत्रको परिणामले रौतहट–१ मा रास्वपाले उल्लेखनीय मतान्तरसहित जीत निकालेको देखाएको छ।

Logo