काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा पूर्व उपसभामुख इन्दिरा राना मगरले पूर्वसभामुख देवराज घिमिरेलाई पराजित गरेकी छन् ।
नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे लाई रास्वपाबाट उम्मेदवार बनेकी मगरले भारी मतान्तरले हराएकी हुन् । रानामगरले ५२ हजार ३०६ मत पाउँदा घिमिरेले ९ हजार ८०५ मत मात्र मत पाए।
यस्तै यहाँ श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारीले ६ हजार ३४७ मत ल्याए । नेपाली कांग्रेसकी सरिता प्रसाईले ४ हजार ९७६ मत मात्र प्राप्त गरिन् ।





























प्रतिक्रिया