सल्यान। नेपाली कम्युनिस्ट पार्टी नेकपाका रमेशकुमार मल्लले २३ हजार १ सय ८९ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका ललितकुमार चन्दले २० हजार ९ सय ४ मत ल्याए । यस्तै नेपाली काँग्रेसका केशव बहादुर विष्टले १७ हजार ५ सय ५८ ल्याए। नेकपा एमालेका गलावजंग शाहले १५ हजार ३ सय ७३ ल्याए। नेपाल कम्युनिस्ट पार्टी माओवादीका चन्द्र बहादुर खड्काले ९ सय २५,राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपालीले ८ सय ८३, नेशनल रिपब्लिक नेपालका डिल्लीबहादुर घर्तीले २ सय २२,श्रम संस्कृति पार्टी नबहादुर बुढामगरले १४६, ध्रुवराज वली स्वतन्त्रले ११६,राष्ट्रिय जनमोर्चाकी कमला डाँगीले ११५,संयुक्त नागरिक पार्टीका कालिदास विकले ९३, नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा क्षेत्रीले ६२,मंगोल नेशनल अर्गनाइजेसनका बाला सिंह घर्ती ले ५२, जुद्धबहादुर सिंह
स्वतन्त्रले ११ मत प्राप्त गरे । सल्यानमा कुल मतदाता १ लाख ६२ हजार ४ सय ४९रहेका छन् ।































प्रतिक्रिया