सुनसरी -१ मा हर्क साम्पाङ जिततर्फ

सुनसरी -१ मा हर्क साम्पाङ जिततर्फ

केन्द्रबिन्दु
33
Shares

सुनसरी । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा सुनसरी निर्वाचन क्षेत्र नं. १ मा निकै रोचक र कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो ताजा मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन्।

साम्पाङले ३३,५६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङले २०,२३७ मतका साथ पछ्याइरहेकी छन् ।

अहिलेको अवस्थामा ‘माटो’का उम्मेदवार रास्वपाका उम्मेदवारभन्दा १३,३२८ मतले अगाडि देखिन्छन् ।

Logo