काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक हार व्यहोरेपछि नेकपा एमालेमा नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्न लागेको छ। उपाध्यक्ष विष्णु पौडेलको अगुवाइमा पार्टीभित्र नीतिगत समीक्षा र नेतृत्व पुनर्गठनका लागि छलफल भइरहेको छ।
पौडेलले भनेका छन् – “विगतका कमजोरीको गम्भीर समीक्षा गर्दै, जनअपेक्षाअनुसार पार्टीको नीति, नेतृत्व र संगठन पुनर्गठन गर्न अग्रसर रहन्छु। जनता र राष्ट्रको सेवामा समर्पित रहनेछु।”
पार्टीभित्र बहुमत पदाधिकारी र नेताहरूले ओलीलाई कार्यकारी नेतृत्वबाट बिदा गराउने वा राजीनामा गर्न सामूहिक आग्रह गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। हाल डकुमेन्ट तयार गरी गल्ती, जिम्मेवार र सुधारका उपायहरू छलफलका लागि प्रस्तुत गर्न लागिएको छ।
एमालेको विधानअनुसार, विशेष महाधिवेशन आवश्यक भएमा ६ महिनाभित्र आयोजना गर्न सकिने व्यवस्था रहेको छ।





























प्रतिक्रिया