रास्वपाले समानुपातिकमा कटायो ४५ लाख मत

रास्वपाले समानुपातिकमा कटायो ४५ लाख मत

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ अत्याधिक मत प्राप्त गर्दै आफ्नो अग्रतालाई निकै फराकिलो बनाएको छ ।

निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार ‘घण्टी’ चुनाव चिन्ह भएको रास्वपाले हालसम्म ४५ लाख ४ हजार २५५ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेको छ। यो सङ्ख्या दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसको भन्दा झण्डै तीन गुणा बढी हो।

काँग्रेसले १५ लाख ८ हजार ७७९ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले १२ लाख ६३ हजार १७५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (तारा) ६ लाख ७६ हजार ९५७ मतका साथ चौथो स्थानमा देखिएको छ।

यसैगरी श्रम संस्कृति पार्टीले ३ लाख २१ हजार ७३७ मत प्राप्त गर्दै आफूलाई बलियो रूपमा उभ्याएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले २ लाख ९९ हजार ५५० मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टी, नेपाल १ लाख ४५ हजार ६६५ मतमा खुम्चिएको छ।

यही अनुपातमा मत कायम रहेमा समानुपातिकतर्फको ११० सिटमध्ये रास्वपाले ठूलो हिस्सा ओगट्ने निश्चित छ।

Logo