काठमाडौं । इलाम -१ मा नेपाली कांग्रेसका निस्कल राई विजयी भएका छन् ।
श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुसँगको कडा टक्करका बीच राई विजयी भएका हुन् । कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याए भने लिम्बु १३ हजार ६३२ मतमा रोकिए। योसँगै कांग्रेसको १८ सीट पुगेको छ।
यता नेकपाका काजी मान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदाल ९ हजार १६० मतसहित चौथो स्थानमा रहे ।





























प्रतिक्रिया