लेबनानमा इजरायली आक्रमणमा ८३ बालबालिका मारिए, ट्रम्प र हिजबुल्लाहको प्रतिक्रिया फरक

लेबनानमा इजरायली आक्रमणमा ८३ बालबालिका मारिए, ट्रम्प र हिजबुल्लाहको प्रतिक्रिया फरक

केन्द्रबिन्दु
42
Shares

एजेन्सी। लेबनानमा हालसम्म कम्तीमा ८३ बालबालिकाको मृत्यु भएको छ भने २५४ बालबालिका घाइते भएका छन्। युनिसेफले जारी सैन्य संघर्षबाट बालबालिकामा पर्ने प्रभाव गम्भीर भएको बताउँदै सबै पक्षलाई बालबालिका र नागरिकको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको पालना गर्न अपिल गरेको छ। हिंसा जारी रह्यो भने बालबालिकामा हुने हताहत अझ बढ्ने चेतावनी युनिसेफले दिएको छ।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको कारबाहीमा अमेरिका धेरै क्षेत्रमा सफल भइसकेको तर पूर्ण विजय अझै बाँकी रहेको बताएका छन्। रिपब्लिकन नेताहरूको बैठकमा ट्रम्पले भने, “जतिसक्दो चाँडो यो सैन्य अपरेसन सकिए संसार पहिलेभन्दा सुरक्षित हुनेछ।” उनले अपरेशन छिट्टै समाप्त हुने संकेत पनि दिएका छन्।

यसैबीच, लेबनानी संगठन हिजबुल्लाहले आक्रमणको जवाफ स्वरूप इजरायलविरुद्ध आफ्नो कारबाही जारी राख्ने दाबी गरेको छ। संसदीय दलका प्रमुख मोहम्मद रादले टेलिभिजन च्यानल ‘अल–मनार’ मार्फत भनेका छन् कि आफ्नो सम्मान र जमिन फिर्ता लिनको लागि बदला लिनु अनिवार्य रहेको छ। रादले जुनसुकै मूल्य चुकाएर पनि इजरायलविरुद्धको संघर्ष जारी रहने स्पष्ट पारेका छन्।

यस घटनाले मानवअधिकार संकट र क्षेत्रीय तनावबीचको फरक दृष्टिकोण देखाएको छः युनिसेफ बालबालिकाको सुरक्षा र मानवतावादी पहलमा जोड दिँदैछ, अमेरिकी प्रशासनले सैन्य र रणनीतिक विजयमा जोड दिएको छ, भने हिजबुल्लाह प्रतिकार र राष्ट्रिय प्रतिष्ठामा केन्द्रित छ।

Logo