काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्बको अख्तियारी दिएको छ । "/>

भूकम्पपीडितको घर पुनर्निर्माण गर्न थप ११ अर्ब निकासा हुँदै

भूकम्पपीडितको घर पुनर्निर्माण गर्न थप ११ अर्ब निकासा हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्बको अख्तियारी दिएको छ । प्राधिकरणले मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई यस्तो अख्तियारी दिएको हो । सबै जिल्लाहरुमा निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेकोले अनुदान रकमको माग उच्च हुने सम्भावनालाई विचार गर्दै प्राधिकरणले थप रकमको अख्तियारी दिएको हो ।

प्राधिकरणले जिल्लाबाट अनुदान मागको चाप बढ्न सक्ने भन्दै थप ५ अर्ब रकमान्तरका लागि अर्थ मन्त्रालयलाई आग्रह पनि गरेको छ । निजी आवास पुनर्निर्माण गरिरहेका लाभग्राहीलाई किस्तावापतको रकमका लागि कुनै समस्या नभएको प्राधिकरणका उपसचिव एवं सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । ‘घर निर्माणका लागि रकम अभाव नहोस् भनेर जिल्लाहरुमा अग्रिम बजेट निकास गर्न अख्तियारी दिइएको छ’, उनले भने ।

घिमिरेले मागअनुसार सबै जिल्लामा रकम पठाइएकोले ढुक्क भएर निजी आवास निर्माण अघि बढाउन लाभग्राहीलाई आग्रह पनि गरे । पछिल्ला महिनाा भूकम्प प्रभावित सबै जिल्लामा निजी आवास निर्माण तीव्र भएको छ । मंगलबार साँझ ५ बजेको तथ्यांकअनुसार अहिले २ लाख ९१ हजार ८ सय ९५ घर निर्माणाधीन छन् । दोस्रो किस्ताका लागि २ लाख २७ हजार ८५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन् । निजी आवास निर्माणका लागि विश्व बैंकले दिने थप ३० अर्ब ऋण सहयोगको माघ पहिलो साता विश्व बैंक र अर्थ मन्त्रालय बीच सम्झौता भइसकेको छ ।
अन्नपूर्णबाट

Logo