काठमाडौं
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गरेका छन् । "/>

आज राष्ट्रियसभा निर्वाचन : सम्पूर्ण तयारी पूरा

आज राष्ट्रियसभा निर्वाचन : सम्पूर्ण तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गरेका छन् । प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनमैत्री वातावरण बनाउन सरकार, राजनीतिक दल र उम्मेदवार सरोकारवाला सबैसँग आग्रह गरे ।राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनका क्रममा आज माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए।

उनले भने , “आयोगले निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउन १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको थियो । तर प्रदेश नं २ मा आठै पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले त्यहाँ मतदान गर्नु नपर्ने र अब बाँकी ६ वटा प्रदेशमा मात्रै मतदान हुनेछ ।” कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेको जानकारी गराउँदै प्रमुख आयुक्त डा यादवले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेको बताए ।
नेपाल समाचारपत्रबाट

 

Skip This
Skip This
Logo