नेप्सेमा होटल फरेष्ट इनको २ करोड कित्ता शेयर सूचीकृत, भोलिदेखि कारोबार

नेप्सेमा होटल फरेष्ट इनको २ करोड कित्ता शेयर सूचीकृत, भोलिदेखि कारोबार

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ।

नेप्सेमा कम्पनीको कुल २ करोड कित्ता शेयर सूचीकृत भएको हो। सूचीकृत शेयरमध्ये १ करोड ६० लाख कित्ता संस्थापक समूहको र ४० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको शेयर रहेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्यूनतम ९० रुपैयाँ ६५ पैसा र अधिकतम २७१ रुपैयाँ ९५ पैसासम्मको प्रारम्भिक कारोबार दायरा तोकेको छ। शेयर बिहीबारदेखि कारोबारमा आउनेछ।

Logo