काठमाडौँ । फेसबुकमा ‘सुसाइड नोट’ लेखेर एक चिकित्सक बेपत्ता भएका छन्। भक्तपुरको ‘द डेन्टल सिटी’ अस्पतालका निर्देशक समेत रहेका डाक्टर दिगम्बर झा आज बिहानदेखि बेपत्ता भएका हुन।
उनले बिहान करिब ७ बजेतिर फेसबुकमा आफू आत्महत्या गर्न गएको भन्दै सुसाइड नोट पोस्ट गरेका थिए। सुसाइड नोटमा उनले आफू परिवारका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी बिहान ५ बजेतिर निस्किएको प्रहरीले जनाएको छ । उनको पछिल्लो समय घर परिवारसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारादेवी थापाका अनुसार उनी सवार बा १६ च ८६७९ नम्बरको कार पनि फेला परेको छैन । उनका सहकर्मीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा खोजी गरिदिन निवेदन दिएको एसपी थापाले बताइन्। उनले डा. झाको खोजी भइरहेको जानकारी दिईन्।
झाको खोजीमा भक्तपुरसहित काभ्रे प्रहरी समेत परिचालन गरिएको छ। पछिल्लो अपडेट अनुसार उनको मोबाइलको अन्तिम लोकेसन काभ्रेको पनौतीमा देखिएको छ।





























प्रतिक्रिया