कानको मुन्द्राको ‘इस्यु’मा हत्या गरी फरार, १६ वर्षपछि प्रहरीको फन्दामा

कानको मुन्द्राको ‘इस्यु’मा हत्या गरी फरार, १६ वर्षपछि प्रहरीको फन्दामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगरका ३३ वर्षीय हरि भन्ने रामकुमार गिरी रहेको महानगरीय अपराध महाशाखा काठमाडौँले जनाएको छ । विसं २०६१ मा काठमाडौँको सामाखुसीमा कानमा लगाएको मुन्द्रा माग्दा नदिएको झोकमा चितवनका जीवन लोहनीले स्थानीय प्रकाश लामालाई कुटपिट गरेको र सोही घटनाको बदलास्वरुप गिरीले लोहनीको हत्या गरेको प्रहरीले जनाएको छ ।

विसं २०६४ मा जिल्ला अदालत काठमाडौँले उक्त घटनामा दोषी ठहर गर्दै उनलाई कैद सजाय सुनाएपनि फरार हुँदै आएका थिए । उक्त घटनापछि गिरी केही समय विदेश गएका थिए । फर्किएपछि नेपालका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएकामा महाशाखाको टोलीले उनलाई भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरी काठमाडौँ ल्याएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ बुझाइएको जनाइएको छ।

Logo