ओलीका बुवाको निधनप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त

ओलीका बुवाको निधनप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका हुन्। 

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूजनीय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’

Skip This
Skip This
Logo