काठमाडौं
गत माघ १० गते ८ वर्षीया बालिका बलात्कारको शिकार बनिन् । काठमाडौंबाट ८ घण्टाको बाटो तय गर्नु पर्ने पूर्वको खोटाङमा उनलाई आफ्नै काका १६ वर्षीय जिउधन राइले बलात्कार पश्चात हत्या गरे । उनको शव छिमछिमा खोलाको किनारबाट प्रहरीले बरामद गरेको थियो । दुई महिना अगाडि कात्तिक ९ गते ६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय देवी प्रसाद अधिकारी र २२ वर्षीय चिज वहादुर गुरुङ चितवनबाट पक्राउ परे ।
यी दुई घटना देशमा मौलाउँदै गरेको बलात्कारको उदाहरण मात्रै हुन् । गएको ७ वर्षमा मात्रै ६ हजार ६ सय २७ जना बलात्कारको शिकार भएको नेपाल प्रहरीले बताएको छ । जस मध्ये ४ हजार ५ सय ८९ जनाको बलात्कारपछि उद्धार गरिएको छ भने २ हजार ३८ जनाको बलात्कारपछि हत्या गरिएको रेकर्डमा उल्लेख छ । प्रत्येक वर्ष ९ सय ४६ तथा प्रत्येक महिना ७८ जना बलात्कारको शिकार हुने रिपोर्टमा उल्लेख छ ।
यो दर सन् २०११ मा १८ रहेकोमा सन् २०१२ मा बढेर १२९ पुगेको सेन्ट्रल रिजनले बताएको छ । तराई तथा विकट ग्रामिण भेगमा बलात्कारको घटना बढ्दै गएपनि यस्ता धेरै घटनाहरु गुपचुप रहने गरेका छन् । बलात्कारको घटनामा पीडित आफैंले आत्मग्लानी तथा कतिपय अवस्थामा परिवारले समाजमा हुने बदनामीको कारणले पनि यस्ता घटना सतहमा ल्याउन नदिएको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन् ।
नागरिकबाट































प्रतिक्रिया